चलचित्र विकास बोर्डले थाल्यो सिनेमा हलहरुको अनुगमन


चलचित्र विकास बोर्डले काठमाडौंमा भएका सिनेमा हलहरुको अनुगमन प्रारम्भ गरेको छ। विकास बोर्डले सोमबार जारी गरेको प्रेस विज्ञप्तीमा जनाइए अनुसार चलचित्र विकास बोर्ड अन्तर्गत रहेको ‘चलचित्र प्रदर्शन अनुगमन समिति’ ले सोमबारदेखि नै अनुगमन कार्यको थालनी गरेको हो।

Kumari Cinema Hall

Kumari Cinema Hall

बोर्डद्वारा जारी विज्ञप्तीमा जनाइए अनुसार अनुगमन समितिले चलचित्र जाँच समितिबाट जाँचपास भएका चलचित्रहरु प्रदर्शन गरे वा नगरेको, चलचित्र जाँच समितिले काँटछाँट वा हेरफेर गरेका वा अन्य कुनै शर्त बन्देजलाई प्रदर्शन वा वितरकले पालना गरे वा नगरेको हेर्नेछ। यसका साथै समितिले चलचित्र प्रदर्शनको सुरुवातमा चलचित्र जा“च समितिबाट जारी चलचित्र जाँच प्रमाणपत्र देखाए नदेखाएको, १६ वर्ष नाघिसकेका वयष्कलाई मात्र सार्वजनिक प्रदर्शन गर्न पाउने शर्त तोकी अनुमति दिएकोमा वितरक वा प्रदर्शकले त्यस्तो चलचित्रको प्रचारप्रसार गर्ने सामाग्रीमा उक्त कुरा स्पष्ट देखिने गरी उल्लेख गरे नगरेको , प्रदर्शकले चलचित्र जाँच प्रमाणपत्रमा उल्लेख भए बमोजिम दर्शकलाई प्रवेश गराए नगराएको विषयमाहरुमा अनुगमन गर्दै ती कुरा पालना नगरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाहीका लागि सम्बिन्धत निकायमा सिफारिस गर्नेछ।

अनुगमन समितिका संयोजक तथा बोर्ड सदस्य राजेन्द्र केसीका अनुसार सोमबार सिटी सेन्टरको बिग मुभिज तथा कुमारी चलचित्र घरमा प्रदर्शित हलिउड चलचित्र ‘द ट्रान्सपोर्टरः रिफ्यूल्ड’ को अनुगमन गरिएको हो। केन्द्रीय जाँच पास समितिले यो चलचित्रलाई ‘पिजी’ सर्टिफिकेट दिएकाले १६ वर्षभन्दा कम उमेरका दर्शकले अभिभावकको साथमा मात्र यो चलचित्र हेर्न पाउछन्। समितिले अनुगमनका क्रममा १६ वर्षभन्दा कम उमेरका केही दर्शक फेला पारेको तर ती दर्शकहरु अभिभावकको साथमा रहेको उल्लेख गरेको छ।

SUBSCRIBE 👉