मोडलिङमा भविष्य खोज्दै उर्लाबारीकी कृति ओझा


मोरङ उर्लाबारीकी कृति ओझा मोडलिङ क्षेत्रमा केही गर्ने सोचका साथ यतिखेर लागि परेकी छन्। प्लस टु को अध्ययन सकेर रोजगार समेत गरिरहेकी कृति मोडलिङलाई नै भबिष्य बनाउने लक्ष्यका साथ लागि परेकी छिन। कृतिलाई अचेल म्युजिक भिडियो र सर्ट-मुभिको निकै नै अफर आईरहेको बताउछिन उनि। भन्छिन् – ‘आफूलाई सुहाउँदो भिडियोको अफर आएमा अवश्य स्विकार गर्नेछु।’

Kriti Ojha New Face Modelसानैदेखी मोडल बन्ने उदेश्यका साथ लागिपरेकी कृति आफ्नो सपना पुरा हुने भएपछि निकै दंग देखिन्छिन्। उनी भन्छिन् – ‘मेरो परिवारको सहयोग र प्रेरणाले नै आज यो अवस्थामा आईपुगेकी छु।’ अहिलेसम्म कसैको पनि मायामा नफसेको दाबी गर्ने उनी पहिला आफ्नो भबिष्य बनाएर मात्र मायाप्रेमको बारेमा सोच्ने बताउँछिन्।
प्रस्तुती: सुमन घिमिरे । तस्विरहरु : करन धिताल

 

SUBSCRIBE 👉