अप्रिलमा मह जोडीले युके तताउने


haribansha-acharya-and-madan-krishna-shrestha

Madan Krishna Shrestha and Haribansha Acharya

ग्ल्यामर नेपाल काठमाडौं। नेपालका प्रख्यात हास्यकलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले आउँदो अप्रिलमा युकेमा प्रस्तुती दिने भएका छन्। मह यात्राअन्तर्गत यो जोडीले अप्रिल २७ मा लण्डनको हरो लिजर सेन्टरमा प्रस्तुती दिने भएका हुन्। लण्डनमा लामो समयपछि महले कार्यक्रम गर्न लागेकोले निकै चर्चा भएको छ।

शुभकामना साँझ नाम दिइएको उक्त कार्यक्रमको मुख्य आयोजकहरुमा एनआरएन युकेका पूर्वअध्यक्ष कुल आचार्य, विरेन खड्का र रविन गुरुङ रहेका छन्। सपन राई इन्टरटेन्मेन्टले कार्यक्रमलाई सहयोग गरेको छ । लण्डनमा हुने कार्यक्रममा पछिल्लो समयकी चर्चित गायिका अञ्जु पन्त पनि सहभागि हुने छिन् । अन्जुले आफ्ना दजनौं हिट गीत सुनाउने आयोजकले जनाएको छ । कार्यक्रम करिब ३ घण्टा चल्ने छ।

केही समय अगाडि अष्ट्रेलियाबाट मह यात्रा सुरु भएको हो । जहाँ मह जोडीले सयौं दर्शकलाई मनोरञ्जन दिएका थिए।

SUBSCRIBE 👉