आर्यन र मरिस्काको प्रेम: के म तिम्रो होइन र


काठमाण्डौको कलंकस्थित सिटी सेन्टर अस्पतालमा फिल्मकर्मी र पत्रकारको उपस्थितीमा शुभसाइत गर्दै चलचित्र “के म तिम्रो होइन र” को छायांकन प्रारम्भ गरिएको छ। चलचित्रको छायांकन ४० दिनसम्म चल्नेछ। निर्देशक आकाश अधिकारीको निर्देशनमा बन्ने फिल्मलाई अधिकारी ब्रदर्सको ब्यानरमा द स्काई मुभिजले सहकार्य गर्दै निर्माण गर्न लागिएको छ। सुरेश अधिकारीले यो फिल्ममा लगानी गरेका छन्।

Aaryan Adhikari Marishka Pokhrelचलचित्रको शुभसाइत समारोहमा यसका मुख्य कलाकार आर्यन अधिकारी, मरिष्का पोख्रेल र गौरी मल्ले संवाद बोलेका थिए। फिल्ममा मिथिला शर्मा, आकाश खवास, प्रज्वल गिरी, सविना गोपाली, सुरेन्द्र बसेल, रमेश अधिकारी, रीया श्रेष्ठ, विनोद केसीको पनि अभिनय छ।

चलचित्रमा दिनेश वान्तवाको मुख्य सहायक छायांकन, हिमाल केसीको द्वन्द्व, रेनशा वान्तवा राईको नृत्य निर्देशन, दिनेश लामाको कला निर्देशन र इश्वर श्रेष्ठकोे मेकअप रहनेछ। बसन्त सापकोटा र ताराप्रकाश लिम्बुको संगीत, आकाश अधिकारी, डाक्टर कृष्णहरी बराल र सुन्दर श्रेष्ठको गीत, उदित नारायण झा, राजेशपायल राई, अञ्जु पन्त, प्रमोद खरेल, मिलन अमात्य, प्रल्हाद तिमिल्सिना र दुर्गा दाहालको आवाज रहेको छ।

शुभसाइत समारोहको निर्देशक नृत्य निर्देशक बसन्त कुमार श्रेष्ठले गरेका थिए भने अभिनेता शिव श्रेष्ठले नरिवल फोडेका थिए। यस्तै, वितरक प्रदिप कुमार उदयले क्यामेराको स्विच अन गरेको शुभसाइत समारोहमा प्रमुख अतिथी देवेन्द्रराज कँडेलले क्ल्याप हानेका थिए।पूर्व राज्य मन्त्री देवेन्द्रराज कँडेलले फिल्मलाई शुभकामना दिए। उनले यो फिल्म नेपाली फिल्म क्षेत्रका लागि नयाँ इतिहास बनाउन सफल हुनेमा विश्वास व्यक्त गरे।

SUBSCRIBE 👉