सञ्जिवनीले गीत गाउँदा प्रधानमन्त्री मख्ख । राष्ट्रिय चलचित्र पुरस्कारका विजेतालाई बधाई तथा शुभकामना


तेस्रो एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार २०७१ का विजेताहरु र अवार्डमा सहभागी हुन बलिउडबाट आएकी गायिका सञ्जिवनीसँग प्रधानमन्त्री शुशिल कोइरालाले सोमबार विहान निवास बालुवाटारमा भेटघाट गरेका छन्। अवार्ड विजेताहरुलाई प्रधानमन्त्री कोइरालाले बधाई तथा शुभकामना दिएका।

भेटघाट कार्यक्रममा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजाल सहित एनएफडिसीका पूर्व अध्यक्ष उद्धव पौडेल, अवार्डका जुरीहरु शुभबहादुर सुनाम, मञ्जुकुमार श्रेष्ठ, प्रदीप उपाध्याय र चैत्य देवी तथा प्रथम नेपाली नायिका भुवन चन्द सहित आयोजकको उपस्थिति थियो।

PM with award winner

प्रधानमन्त्रीले राजनैतिक परिस्थितिका कारण अवार्ड समारोहमा उपस्थित हुन नसकेको बताए। प्रधानमन्त्रीलाई सञ्जिवनीले आफ्नो गीती एल्वम उपहार दीइन। प्रधानमन्त्रीले उनको गीत सुन्ने इच्छा व्यक्त गरेपछि सञ्जिवनीले “पानी मिठो” बोलको गीत सुनाइन। सञ्जिवनीले नेपाली गीत गाए पछि प्रधानमन्त्रीले नेपाली बोल्न आउछ भनेर सोधे। सञ्जिवनीले आफुले थुप्रै नेपाली गीत गाएको भन्दै बोल्न नआउने तर नेपाली भाषा बुझ्ने बताइन। उनले नेपालले चाँडै नै प्रगती गर्ने कामना समेत गरिन। उनले “लौ है माया” र “पुरानो हुदैन माया” गाइन भने एक हिन्दी गीत पनि सुनाइन।

प्रधानमन्त्रीले अवार्डका विजेताहरुलाई एकएक गरि बधाई दिए। प्रधानमन्त्री समक्ष सञ्चारमन्त्री र पूर्व अध्यक्ष पौडेलले विजेता चलचित्रकर्मीको परिचय गराए। सो अवसरमा आफु कला प्रेमी भए पनि राजनीतिले खाएको भन्दै प्रधानमन्त्रीले सिनेमा हेर्ने आफ्नो रहर भने सधै ताजै रहेको बताए। साथै प्रधानमन्त्रीले हिरा सर्वोत्कृष्ट चलचित्रको अवार्ड प्राप्त चलचित्र कबड्डी हेर्ने इच्छा समेत व्यक्त गरेका छन्।

प्रधानमन्त्रीलाई सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजाल र एनएफडिसी पूर्व अध्यक्ष उद्धव पौडेलले अवार्डको बारेमा व्रिफङ गरेका थिए। सञ्चारमन्त्रीले प्रधानमन्त्री समक्ष एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कारको सवैभन्दा प्रसंसनिय कार्य अग्रजको नामबाट पुरस्कारको बिधाको नामाङ्करण गरिनु भएको बताए।

कलाकारहरुको माझमा निकै खुलेर प्रस्तुत भएका प्रधानमन्त्रीले रमाइलो गफगाफ गर्दै गीत सुन्ने इच्छा पनि व्यक्त गरे पश्चात अवार्ड विजेता गायक युवराज चौलागाई र नायिक प्रियंका कार्कीले पनि गीत सुनाए। युवराजले नोभेम्बर रेनको तिमीलाई बोलको गीत गाए भने प्रियंकाले नलिना चित्रकारको पानी पानी बोलको गीत गाइन। कलाकारहरुले गीत गाउदा प्रधानमन्त्री निकै चाख दिएर सुन्थे र गीत सकिएपछि शुरुमा उनैले ताली बजाउथे।

सञ्चारमन्त्रीका साथ एनएफडिसीका विजेता, जुरी, सञ्जिवनी र आयोजकसँग उनले तस्विर लिए। अन्त्यमा सञ्जिवनीलाई सोधे अब फेरी नेपाल कहिले आउने। सञ्जिवनीले भनिन् जरुर आउछु, फेरी आउछु। नेपाली गीत गाउन आउछु।

तस्वीर : कविन्द्र मान शाक्य

SUBSCRIBE 👉