श्रीकृष्णको आमाको निधन


काठमाडौं । सदाबहार अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन भएको एक वर्ष एक महिना नबित्दै उनको आमा जगतकुमारी श्रेष्ठको पनि निधन भएको छ । बुधबार दिउँसो एक्कासी पेट दुख्ने र सास फेर्न अप्ठ्यारो भएपछि उनलाई चावहिलस्थित ओम अस्पतालको आईसियूमा भर्ना गरिएको छ । ८८ वर्षिय जगतकुमारीको बुधबार राती निधन भएको थियो ।Shreeउनको श्रीकृष्णसहित ६ सन्तान र एक छोरी छन् । श्रीकृष्ण कान्छा सन्तान हुन् । वर्षदिन अघि श्रीको निधन भएपछि उनी निकै सिथिल बनेकी थिईन् । श्रीकृष्णलाई उनी अत्यधिक माया गर्दथिईन् । पारिवारिक श्रोतका अनुसार जगतकुमारीमा उच्च रक्तचाप, मधुमेह, मुटु, फोक्सोमा समस्या थियो । उनको बिहीबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ ।

श्रीकृष्णले निर्माण गरेको अन्तिम फिल्म ‘कोहिनूर’मा उनले छोटो भूमिकामा अभिनय गरेकी थिईन् ।

SUBSCRIBE 👉