भुवन पुर्वपत्नी सुस्मिता पनि फिल्म बनाउदै, को होलिन हिरोइन ?


काठमाडौं। भुवन केसीले आफ्नो डेब्यु निर्देशन रहेको फिल्म ‘ड्रिम्स’को सुटिङ नसक्दै उनकी पूर्वपत्नी सुस्मिता बम्जन पनि नयाँ फिल्म निर्माणमा कस्सिएकी छन्। औपचारिक रुपमा छुटिएपछि भुवन र सुस्मिताले पहिलो पटक फिल्म बनाउन लागेका हुन्। सुष्मितालाइ फिल्म निर्माणमा सुभास थापाले सघाउदै छन्। सुस्मिताको लगानी रहने फिल्मको नाम जुराइएको छ, ‘म त तिम्रै हुँ’।

ma-ta-timrai-hu-3पारिवारिक कथावस्तु बोकेको यस फिल्मको निर्देशनको कमाण्ड श्रीराम महतले सम्हाल्ने छन्। दर्जनौं डकुमेन्ट्री निर्देशन र सम्पादन गरिसकेका महतको यो पहिलो फिचर फिल्म हुनेछ। फिल्ममा आकाश श्रेष्ठ, जीवन भट्टराई, अनुप श्रेष्ठ, सुसन खड्का, सुशील काफ्ले लगाएतका नयाँ कलाकारहरु अनुबन्ध भएका छन्। ४ असोजमा एक जमघटका बीच कलाकार तथा प्राविधिकलाई अनुबन्ध गर्दै साइनिङ एमाउन्ट वितरण गरिएको हो।

ma-ta-timrai-huपुरुष कलाकारको छनोट भएपछि फिल्मकी मुख्य अभिनेत्रीको नाम निर्माण पक्षले खुलाउन चाहेन। उसो त सुस्मिता स्वमयको पनि फिल्ममा महत्वपूर्ण भूमिका रहने छ। कथा पनि सुस्मिताले नै लेखेकी हुन्। अझ रमाइलो कुरा त के हो भने, यो फिल्म अनमोल क्रियसन प्रा.लिको ब्यानरमा बन्दैछ। यसको मतलब, फिल्मको औपचारिक निर्माता अनमोल केसी हुन्। तर अनमोलले खेल्ने सम्भावना निकै कम छ। किनभने उनी ‘ड्रिम्स’मा व्यस्त छन्। यद्यपी उनलाई ‘म त तिम्रै हुँ’ को प्रमोशनल गीतमा भने देख्न पाइने सम्भावना रहेको बताइएको छ।
ma-ta-timrai-hu-2

फिल्ममा हर्कुलस बस्नेतको संगीत रहेनछ भने सौरभ लामाले फिल्म खिच्ने छन्। दसैं लगत्तै इलाम, पोखरा र काठमाडौंमा सुटिङ हुने निर्माण पक्षले जानकारी दिएको छ।

SUBSCRIBE 👉