­६५ औं ओस्कारमा ‘ग्रयाभिटी’को वर्चश्व


gravity

Gravity

लस एन्जेलस । ८६ औं एकेडेमी अवार्ड (ओस्कर)मा चलचित्र ‘ग्रयाभिटी’ले वर्चस्व कायम गरेको छ । अवार्डमा चलचित्र ‘ग्रयाभिटी’ले उत्कृष्ट निर्देशक सहित कुल ७ अवार्ड हात पारेको छ । समारोहमा उत्कृष्ट चलचित्र अवार्ड भने ‘टूवेल एयर्स अ स्लेभ’ ले प्राप्त गरेको छ । ‘टूवेल एयर्स अ स्लेभ’ चलचित्रमा दासत्वको कथा पनि भनिएको छ ।

लस एन्जलसमा आयोजित अवार्ड समारोहमा सर्वश्रेष्ठ चलचित्रको अवार्ड जित्न सफल ‘टूवेल एयर्स अ स्लेभ’ ले ‘अमेरीकन हसल’ ‘क्याप्नेट फिल्पिस’ ‘डलास वायर्स क्लब’ ‘ग्रयाभिटी’ लगायत सात चलचित्रलाई पछि पार्दै अवार्ड आफ्नो कब्जामा गरेको हो । चलचित्रमा एन्जेलीना जोलीको साथमा ब्रान्ड पिटको पनि अभिनय रहेको छ । विश्वका चलचित्र सम्बन्धी पुरस्कार मध्ये सर्वश्रेष्ठ पुरस्कार मानिने ‘ओष्कार’ चलचित्र ‘ग्रयाभिटी’ बाट उत्कृष्ट निर्देशक अल्फ्नोस कुरोन भए भने ब्लू जस्मिन चलचित्र अभिनयबाट केट वेन्सलेट बेष्ट अभिनेत्री बनिन् । बेष्ट अभिनेताको अवार्ड भने मेथ्यु म्याककङग्वे डेल्लास वायर्स क्लब­बाट चुनिए । सर्वश्रेष्ठ अभिनेत्रीको अवार्ड जितेकी केट वेन्सलेट चलचित्र ‘ब्लू जस्मिन’ मा एक पुर्व धनी महिला जस्मीनको भुमिका निर्बाह गरेकी छन् ।

‘चलचित्रको भुमिका निकै जोखिम पुर्ण थियो’, पुरस्कार समारोहमा केटले भनिन्, ‘निकै मेहनत गरेकी थिए । त्यो अनुरुप सफलता पनि मिल्यो ,’ चलचित्रको पटकथा आफ्नो रंगमञ्चीय अभिनयसंग मेल खाएको समेत उनले समारोहमा खुलाइन् । सर्वश्रेष्ठ अभिनेत्रीका सुचिमा नोमिनेशन भएका एमी एडम्स, सान्ड्रा बुलक ,जुडी डेन्च र मेरिल स्ट्रीपलाई पछि पार्दै केट अगाडी आएकी हुन् । अवार्ड समारोहमा डेन्च बाहेकका सबै अभिनेत्रीको उपस्थिती थियो । डेन्च चलचित्र ‘दि बेष्ट एग्जोटिक म्यारीगोल्ड’ को सिक्वयल छायांकनका क्रममा भारतमा रहेकी छन् । अहिले उनको चलचित्रको छायांकन राजस्थानमा भइरहेको छ ।

त्यस्तै सर्वश्रेष्ठ सह अभिनेत्री लुपिता योङ चलचित्र ‘टूवेल एयर्स अ स्लेभ’ बाट भइन् भने सर्बश्रेष्ठ सह अभिनेता डेल्लास वायर्स क्लबबाट लेटो भए । योङले चलचित्रमा अमानबिय यौन सोषणको बस्तु बन्ने भुमिका अभिनय गरेकी थिइन् । योङले सह अभिनेत्रीको सुचिमा नोभिनेसनमा रहेका जेनिफर लोरेन्स, जुलिया रोवर्टस, जुन स्कुइव लगायतलाई पछि पारेकी थिइन् । निलो गाउनमा सजिएर योङकार्यक्रममा उपस्थित भएकी थिइन् ।

वेस्ट अवार्ड विजेताहरुको सूचि
चलचित्र – टूवेल एयर्स अ स्लेभ
अभिनेता – मेथ्यु म्याककङग्वे (डेल्लास वायर्स क्लब­)
अभिनेत्री – केट वेन्सलेट (ब्लू जस्मिन)
सपोटिर्ङ अभिनेता – यियर्ड लेटा (डेल्लास वायर्स क्लब)
सपोर्टीङ अभिनेत्री- लुपिता योङ (टूवेल एयर्स अ स्लेभ­)
निर्देशक -अल्फ्नोस कुरोन (ग्र्याभिटी)
फरेन ल्याङवेज – दी ग्रेट व्युटी (इटली)
एडप्टेड स्त्रिmनप्ले – जोहन रिड्ले (टूवेल एयर्स अ स्लेभ)
ओरिजिनल स्त्रिmनप्ले – स्पाइक जोन्ज -(हर­)
एनिमेटेड फिचर चलचित्र – फ्रोजन
प्रोडक्सन डिजाइन – दी ग्रेट ग्याट्सवे
छायांकन – ग्र्याभिटी
साउन्ड मिक्सिङ – ग्र्याभिटी
साउन्ड एडिटिङ – ग्र्याभिटी
ओरिजिनल स्कोर – ग्र्याभिटी (स्टिभ प्राइस)
ओरिजिनल गीत – लेट इट गो (फ्रोजन)
वेस्ट कस्टम – दी ग्रेट ग्याट्स्वे
मेकअप एन्ड हेयरस्टाइलिट – डेल्लास वायर्स क्लब
एनिमेटेड सर्ट चलचित्र – मि.हवलोट
डकुमेन्ट्री फिचर- २० फिट फ्रम स्टारडम
डकुमेन्ट्री (सर्ट बिषय ) – दी लेडी इन नम्बर
चलचित्र एडिटिङ – ग्र्याभिटी
लाइभ एक्सन सर्ट फिल्म – हेलियम
भिजुअल इफेक्टस – ग्रयाभिटी

SUBSCRIBE 👉