नायक आर्यन सिग्देलसँग डेटिङ जान मन भएकी मैना


मोडलिङ क्षेत्रमा एक वर्ष अघि मात्रै प्रबेश गरेकी काठमाण्डौ गोगंबुकी मोडल शोभा भण्डारीले छोटो समयमै सफलता हात पार्न सफल भईन। दर्जन भन्दा बढी म्युजिक भिडियो र केहि छोटो चलचित्रमा अभिनय गरेकी मोडल शोभा यतिखेर कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने हाँस्य टेलिश्रखला “हर्के हवल्दार”मा मैनाको रुपमा समेत अभिनय गर्दैछिन। यसका साथै उनले देशका बिभिन्न स्थानमा स्टेच समेत तताईसकेकी छन्। उनी भन्छिन् – धेरै संघर्ष पछि आज यो स्थानमा आएको छु, भबिष्य सम्मै मोडलिङलाई नै निरन्तरता दिनेछु।

model shobha bhandariसफल मोडल/कलाकार बन्ने लक्ष्यका साथ यस क्षेत्रमा होमिएकी शोभा साथीभाई र परिवारको प्रशंशाले झनै उत्साहित छिन। मोडलिङ क्षेत्रमा लागेको एकवर्षको अनुभव सुनाउँदै उनले भनिन् – यस क्षेत्रमा लागिपर्यो भने नाम पनि छ अनि दाम पनि। नायक आर्यन सिग्देलसँग डेटिङ जान मन रहेको बताउँदै शोभाले भनिन् – कसैले डेटिङको प्रस्ताव राखे सोच्न बाध्य हुन्छु!

अहिलेसम्म कसैको पनि मायाप्रेममा नफसेकी बताउने शोभालाई उमेर नै यही समयको भएको बताउँदै प्रेम प्रस्तावको भने ओईरो लाग्ने बताउँछिन्। उनी भन्छिन् – अहिले करियर बनाउनमै ब्यस्त रहेको छु , प्रेमतिर त ध्यानै छैन।

शब्द – सुमन घिमिरे / तस्विर – गोपाल चित्रकार

SUBSCRIBE 👉