आशिकी गर्ल श्रद्धा


shrada-kapoor

shraddha kapoor

मुम्बई (एजेन्सी)। चरीत्र अभिनेता शक्त्ती कपुरका छोरी अभिनेत्री श्रद्धा कपुर २२ बर्षकी भएकी छन्। सोमबार अर्थात मार्च ३ तारिकबाट उनि २१ पुगेर २२ लागेकी हुन्। बर्ष २०१० मा निर्मीत चलचित्र ‘तिन पत्नी’बाट अभिनय करियर सुरु गरेकी उनले पहिलो चलचित्रमानै केमीयो गरेर दर्शक तथा चलचित्रसंग सम्बन्धीत सबैलाई चकीत तुल्याइन्। ‘तिन पत्नी’ पछि उनी चलचित्र ‘लवका द इन्ड ‘ मा देखिइन्। तर चलचित्रले बलिउडको बक्स अफिसमा केही चमत्कार देखाउन सकेन। त्यसको लगतै उनको अर्काे चलचित्र ‘आशिकी २ ‘ प्रदर्शनमा आयो। यसलेे भने उनलाई सफलताको स्वाद चखायो। यसैचलचित्रबाट उनि दहृो नायीकाको रुपमा समेत आफुलाई उभ्याउन सफल भइन्। यो चलचित्र उनको अहिलेसम्मकै करियरको महत्वपुर्ण चलचित्र बन्यो। चलचित्र भित्र रहेको आदीत्य रायसंगको उनको कमेन्ट्री दर्शकले निकै मन पराए। चलचित्र सुपरहिटको सुचिमा समेत सामेल हुन पुग्यो।

‘आशिकी २’ सफलता पछि श्रद्धाको चलचित्र क्षेत्रमा पहिचानै फेरीयो। उनीश्रद्धा भन्दा पनि आशिकी गर्ल भनेर चिनीन थालीनन्। अहिले श्रद्धा बिशाल भारद्धजको चलचित्र ‘हैदर’ अभिनयरत छिन्। चलचित्रमा शाहिदकपुर उनका जोडी बनेका छन्। हुन त श्रद्धाका दुई चलचित्र’ उंगल’ र ‘द विलेन ‘ रहेका छन। यी दुबै चलचित्रले पनि राम्रो छाप छोड्ने उनको बिस्वास छ। ‘द विलेन’ श्रद्धाको जोडिका रुपमा सिद्धार्थ मल्होत्राले साथ दिएका छन्।

SUBSCRIBE 👉