हेमराज बिसीको नयाँ प्रोजेक्टमा श्रीस्टी श्रेष्ठ र अनमोल केसी!


सन् २०१२ मिस नेपाल ताज विजेता जित्न सफल श्रीस्टी श्रेष्ठले सो समयमा नेपाली फिल्म खेल्न र नायिका बन्ने सौख नभएको बताएकी थिइन्। तर अव भने उनि नेपाली फिल्ममा नायिका हुने खबर सार्बजनिक भएको छ।

anmol kc shristi shresthaयस अघि ‘छड्के’ निर्देशक निगम श्रेष्ठको नयाँ फिल्ममा श्रीस्टी नायिका बन्ने गाईगुइ सुनिएको थियो। तर हाल उनी हेमराज बिसीको निर्देशनमा निर्माण हुने फिल्म ‘गाजलु’मा अनुबन्ध भएको खबर बाहिरिएको छ। फिल्ममा श्रीस्टी सँगै अनमोल केसीको समेत मुख्य भूमिका रहने बतैइएको छ।

केहि समय अघि मात्रै हिन्दि फिल्म ‘जैक पट’को चर्चित गीत ‘कभि जो बादल बर्से’ को अनप्लग्ड भर्सनमा श्रीस्टीले अभिनय गरेकी थिइन्। श्रीस्टीको कामुक अबतार प्रस्तुत गरिएको सो भिडियो कारण केहि टिका टिप्पणी समेत बजारमा चलेको थियो। त्यस पछि उनले केहि नेपाली म्युजिक भिडियोहरुमा समेत अभिनय गरि सकेकी छिन।

SUBSCRIBE 👉