गायिका दुलालको आर्थिक सहयोग


Sunita-Dulal-Support-to-Suman-Shrestha (5)

Sunita Dulal’s Support to Suman Shrestha

ग्ल्यामर नेपाल, काठमाडौँ। लोकप्रिय गायिका सुनिता दुलालले करिव एक महिनाको सक्रियतापछि मृगौला रोगबाट पिडित सुमन श्रेष्ठलाई मृगौला प्रत्यारोपणका लागि नगद २ लाख ४० हजार रुपैयाँ संकलन गर्न सफल भएकी छिन्। गायिका दुलालले बेलायत, अस्ट्रेलिया, अमेरिका, इजरायल, कतार, युएई तथा नेपालका सहयोगी हातहरुबाट संकलन भएको रकम आज शुक्रवार काठमाडौंमा आयोजित एक समारोहमा श्रेष्ठलाई हस्तान्तरण गरेकी छिन।

जलबिरे, सिन्धुपाल्चोकका २६ वर्षीय श्रेष्ठ विगत १० वर्षदेखि मृगौला रोगबाट पिडित छन्। रोगबाट ग्रस्त भए देखि नै चिकित्सकले उनलाई मृगौला प्रत्यारोपण गर्ने सल्लाह दिएका थिए। त्यसबेला उनलाई मृगौला प्रत्यारोपणका लागि उनकै बुवा अमृतदास श्रेष्ठले एउटा मृगौला दान दिएका थिए। अहिले आएर श्रेष्ठको दुबै मृगौलाले काम गर्न छाडेपछि चिकित्सकले पुनः प्रत्यारोपण गर्नु पर्ने बताएका छन्।

Watch Video Report:

प्रत्यारोपणका लागि आवश्यक खर्च परिवारको आर्थिक अवस्था कमजोर भएकाले सम्भव भएन। त्यसका लागि उनले गायिका सुनिता दुलालसंग आग्रह गरे। गायिका दुलालले देश विदेशमा रहेका आफ्नो साथी, आफन्त तथा शुभचिन्तकहरुसंग सुमन श्रेष्ठलाई सहयोग गर्न आग्रह गरिन्। दुलालको आग्रह अनुसार संकलन भएको रकम आज उपलब्ध गराइएको हो। समारोहमा चेक हस्तान्तरण गर्दै गायिका दुलालले भनिन् -‘तपाईंको सानो सहयोगले सुमनको अमूल्य जीवन बच्न सक्छ। त्यसैले कृपया सम्पूर्ण महानूभावहरुले आफूले सकेको सहयोग गरिदिनु भयो भने एउटा ठूलो धर्म मिल्नेछ।’ रकम हस्तान्तरण समारोहमा उपस्थित भएकी कलाकार राधा लम्साल भावुले पनि सबै नेपालीहरुलाई सहयोगको अपिल गरिन्। सुमनलाई सहयोग गर्ने ईच्छुक महानुभावहरुले उनको बुवाको फोन नम्बर ९८४९७५०७५१ मा सम्पर्क गर्न सक्नु हुनेछ।

Watch Photos:

SUBSCRIBE 👉