आर्यन र आशिका अभिनित ‘सुश्री’लाई सबैले हेर्न पाउने


आर्यन सिग्देल र डेब्यु हिरोईन आशिका तामाङको मुख्य भुमिका रहेको फिल्म ‘सुश्री’ ले केन्द्रिय चलचित्र जाँचपास समिति (सेन्सर बोर्ड) बाट ‘युनिभर्सल (U) सर्टिफिकेट प्राप्त गरेको छ। यो सर्टिफिकेट सँगै सबै उमेरका दर्शकले निर्धक्क सँग फिल्म हेर्न पाउने भएका छन्।

aryan sigdel ashika tamangआशिका फिल्मसको ब्यानरमा आत्मराम थापाले लगानी गरेको फिल्ममा आर्यन र आशिका सहित सुर्बिना कार्की, राजाराम पौडेल, बिकास चापागाई, मिश्री थापा लगायतका कलाकार मुख्य भूमिकामा छन्। फिल्ममा त्रिकोणात्मक प्रेम र स्बतन्त्र बिबाहको कथालाई उठान गरिएको बताईएको छ।

चलचित्र लेखक शिबम् अधिकारी निर्देशित फिल्म कार्तिक ३ गते (फुलपाती) का दिन देखी देशभर एक साथ प्रदर्शनमा आउने भएको छ।

SUBSCRIBE 👉