‘लोकल ब्युटी’ इन्दिरा जोशी र प्रियंका कार्कीको छल्कियो जवानी ! – भिडियो


माघ १ गतेबाट नेपालभर प्रर्दशनमा आउने तयारीमा रहेको चलचित्र “फन्को” युनिटले चलचित्रको ‘लोकल ब्युटी’ बोलको भिडियो गित युट्युब मार्फत सार्बजनिक गरेको छ। शनिबार, चलचित्र बितरण कंम्पनी एफ डि मा आयोजित कार्यक्रम संगै गित सार्बजनिक गरेको घोषण गरेको हो। चलचित्र पत्रकारहरुको सहभागितामा आयोजित भिडियो गित सार्बजनिक कार्यक्रम्मा निर्माता नरेन्द्र महर्जनले फन्कोलाई नोभेम्बर २४ देखी युरोपका बिभिन्न शहरहरुमा प्रर्दशन गर्ने कार्यक्रम तय भैसकेको जनाउदै चलचित्रको गितलाई सार्बजनिक गरेको बताए।

nepali movie fanko‘लोकल ब्युटी’ गितमा राजेन्द्र थापाको शब्द चेतन सापकोटाको संगीत कबिराज गहतराजको कोरियोग्राफी रहेको छ। गायिका इन्दिरा जोशीको स्वरमा सजिएको भिडियो गीतमा नायिका प्रियंका कार्की संगै गायिका इन्दिरा जोशीको समेत ग्ल्यामरस नृत्य फिचारिंग गरिएको छ।

सुर्बण थापाले निर्देशन गरेको फन्कोमा निर्माता महर्जन संगै गैर आबाशिय नेपाली संघ बेल्जियम निबासी शहदेब गौतम र पदम गुरुङ्गले लगानी गरेका छन। फन्कोमा सौगात मल्ल, दयाहाङ्ग राई, अनुप बराल, केकी अधिकारी, प्रियका कार्की, केशब भटराई लगाएतका कलाकारहरुले अभिनय गरेका छन।

SUBSCRIBE 👉