रेखा थापाको फिल्म ‘राम प्यारी’ २८ औं दिनमा प्याकअप । फोटो फिचर


Rekha Thapa Rampyari

Actress Rekha Thapa on the set of Nepali Movie ‘RAMPYARI’

असोज १ गते देखि सुटिंग सुरु गरेको नायिका रेखा थापाको फिल्म ‘राम प्यारी’ २८ औं दिनमा सम्पन्न भएको छ। चलचित्रको अन्तिम दृश्यमा रेखा थापा, आभास अधिकारी तथा आश्मा डिसीको टेक लिँदै मदन कृष्ण श्रेष्ठ र हरि वंश आचार्यको मह स्टुडियोमा फिल्मको इन्डक्ल्याप गरिएको थियो। यो फिल्मको निर्देशन सविर श्रेष्ठले गरेका हुन्।

Rekha Thapa Rampyari

Actress Rekha Thapa on the set of Nepali Movie ‘RAMPYARI’

फिल्ममा रेखा टेम्पो ड्राइभरको भूमिकामा देखिएकी छिन। आमा सरस्वती थापा निर्मात्री रहेको फिल्म ‘राम प्यारी’ आउँदो चैत २६ गते देखि अल नेपाल प्रदर्शनमा आउने बताईएको छ।

Rekha Thapa Rampyari

Actress Rekha Thapa on the set of Nepali Movie ‘RAMPYARI’

जगदिश्वर थापाको पटकथा एंव संवाद रहेको फिल्ममा रेखाका अलवा नायक सबिन श्रेष्ठ, नायिका आश्मा डिसी र नव नायक आभाष अधिकारीको भूमिका छ। शिव ढकालको छायाँकन, रोशन श्रेष्ठको फाइट डिरेक्सन रहेको ‘राम प्यारी’ का गीतहरुमा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ।

Rekha thapa sabir shrestha

Actress Rekha Thapa and Director of the movie RAMPYARI Sabir Shrestha


SUBSCRIBE 👉