बागमतिमा बिस्व नेपाली सँग केकी अधिकारीको रकिङ्ग प्रस्तुति (भिडियो सहित)


नेपाली फिल्मी ईतिहाँसमा अहिले सम्म कै सर्वाधिक महंगो भनिएको फिल्म “बागमती”को एक भिडियो गीत सार्बजनिक गरिएको छ। यस अघि रिलिज गरिएको फिल्मको ट्रेलरले बजारमा राम्रो चर्चा पाएको थियो। यो फिल्मले नायक राजेश हमाललाई कमब्याक गराउन सक्ने चर्चा समेत चल्न थालेको छ।
keki adhikariप्रतिक्षित फिल्मको रुपमा हेरिएको “बागमती”लाई दक्षिण भरतिए फिल्मी शैलीमा निर्माण गरिएको बताईएको छ। सार्बजनिक गरिएको ‘सानु एक्लाई छौ’ बोलको भिडियो गीतमा नायिका केकी अधिकारी र गायक बिश्व नेपालीलाई फिचरिंग गरिएको छ। गीतमा बिश्व नेपालीको स्वर, विजय सत्यलको शब्द र ए.यस.रामको संगीत रहेको छ।

२०७२ पुष २४ गते बाट प्रदर्शन मिति तय गरिएको फिल्म ‘बागमती’ लाई दक्षिण भारतीय निर्देशक सन्नी केरलाले निर्देशन गरेका हुन्। फिल्मको प्राविधिक काम नेपाल बाहिरै गरिएको छ। फिल्ममा कलाकारहरु राजेश हमाल, शिब श्रेष्ठ, केकी अधिकारी,रविकर प्रसाद घिमिरे मुकुन्द श्रेष्ठ, धु्रव कोइराला, कञ्चन ठकुरी लगायतको अभिनय रहेको छ। फिल्मलाई ट्रि इन्टरटेन्टमेन्टको ब्यानरमा दिनेश दर्शनधारी र बिजय सत्यालले निर्माण गरेका हुन।

SUBSCRIBE 👉