होस्टल रिटर्न्स पछि फिल्म ‘र्‍याक्स गाइज्’मा सुशील श्रेष्ठ


होस्टेल रिटन्र्स व्यावसायिक रूपमा हिट भयो। खासगरी सहरीया युवापुस्ताले यस फिल्मलाई निकै रुचाए। तर, सुशील श्रेष्ठको अभिनयले धीत मरेन, भलै उनको मुहार र ज्यानले धेरै युवती भुतुक्कै भए। फिल्मका अन्य कलाकार नाजीर हुसैन, सुशील सिटौला र अभय बरालको तुलनामा उनको अभिनय अपरिपक्व रहेको प्रतिक्रिया सुनिएको थियो।
Model Actor Sushil Shrestha Photo

पोष्टर हिरोका रूपमा उनलाई ब्यंग्य गरियो। त्यसैले सुशीलको करिअरमा धक्का पर्ने अनुमान गरिएको थियो तर होस्टेल रिटन्र्सकै निर्देशक सुरज भुसालले उनलाई मौका दिएका छन्। सुरजको नयाँ प्रोजेक्ट र्‍याक्स गाइजमा सुशीलले निरन्तरता पाएका छन्।

यस फिल्ममा सुशीलसँगै नाजीर, अभय र सुशील सिटौलाले मौका पाए तर उनले होस्टेल रिटन्र्सको नायिका शशी श्रेष्ठ र स्वस्तिमा खड्कालाई भने पुन: मौका दिएनन्। सुरजको विश्वासलाई सुशीलले कतिको पूरा गर्नेछन् ? हेर्न बाँकी छ। – नेपाल साप्ताहिकबाट

हेर्नुहोस् सुशील श्रेष्ठको फोटो ग्यालरी

 

SUBSCRIBE 👉