राजधानीमा एक कार्यक्रमको बिच चलचित्र पत्रकार संघका अध्यक्ष शान्ति प्रियको प्रमुख अथितिमा चलचित्र “आधा पेज”को ट्रेलर र गीत सार्वजनिक गरिएको छ। कार्यक्रममा चलचित्रका मुख्य कलाकार सलोन बस्नेत, रिस्ता बस्नेत, रुपेश न्यौपानेले चलचित्र “आधा पेज” राम्रो चलचित्र बनेको भन्दै चलचित्र चल्ने कुरामा आफु हरु ढुक्क रहेको बताए। चलचित्रका नायक सलोन बस्नेतले आफुले अहिले सम्म गरेको चलचित्र भन्दा यस चलचित्र अलि फरक रहेको भन्दै यस चलचित्रले आफ्नो करियरलाई अझै माथि उठाउने बिश्वाश ब्यक्त गरे।

चलचित्रका प्रस्तुतकर्ता तथा संगीतकार रुपक न्यौपाने चलचित्रको गीत संगीत र बिषय बस्तुले सबैको मन छुने बताए। चलचित्र पत्रकार संघका अध्यक्ष शान्ति प्रियले पछिल्लो समय नेपाली चलचित्र फेरी चल्न थालेको भन्दै यस चलचित्र “आधा पेज”लाई पनि सफलताको सुभकामना दिए।
चलचित्रको ट्रेलर हेर्नुहोस्
चलचित्रमा सलोन,रिस्ता,रुपेशको साथमा बिपना बस्नेत, दीपक क्षेत्री, सुरज आरडी, सन्तोष ढकाल, सारिका न्यौपाने, अशिम आरडीको पनि अभिनय रहेको छ। परी फिल्मको ब्यानरमा रुपक न्यौपानेको प्रस्तुति तथा लीला बहादुर न्यौपाने र ज्ञान बहादुर न्यौपानेले चलचित्रलाई निर्माण गरेका हुन्।
चलचित्रका गीतहरुमा रमण गायक र रुपक न्यौपानेको शब्द तथा सगीत छ भने रुपक न्यौपाने र रोशनी रिमाल स्वर रहेको छ। रामजी लामिछानेको नूत्य निर्देशन, इन्द्र लाल श्रेष्ठको छायांकन, आकाश बुढाथोकीको कथा, सन्तोष ढकालको सम्पादन रहेको चलचित्र पुष १० गते बाट प्रदर्शन आउने छ। चलचित्र “आधा पेज”लाई समुन्द्र भट्टको निर्देशनमा तयार भएको हो।
चलचित्रको गीत हेर्नुहोस्
