१८ वर्षपछि नयाँ जन्मभूमिमा मोहन


janma-bhumi-first-clap3
ग्ल्यामर नेपाल, काठमाडौँ। निर्देशक मोहन निरौला लामो समयपछि चलचित्र निर्देशनमा फर्किएका छन्। पछिल्लो समय चलचित्रको तुलनामा सानो पर्दामा बढि व्यस्त भएका निर्देशक निरौलाले निर्देशन गर्ने नयाँ चलचित्र ‘जन्मभूमि’ को काठमाडौंमा शुभमुहुर्त गरिएको छ। रमाइलो कुरा के छ भने करिव १८ वर्षअघि निर्देशक निरौलाले नै ‘जन्मभूमि’ शीर्षकको नै चलचित्र निर्देशन गरेका थिए। त्यसबेला छविराज ओझाले निर्माण गरेको यो चलचित्र अहिले आएर एसपि इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा सुरज गिरीले निर्माण गर्न लागेका हुन्।

‘१८ वर्षअघिको जन्मभूमिमा राष्ट्रप्रेमलाई मुख्य विषयवस्तु बनाइएको थियो, नारी दिवसको अवसर पारेर हिजो शनिवार शुभमुहुर्त समारोहमा उत्साहित देखिएका निर्देशक निरौलाका अनुसार नयाँ जन्मभूमिमा नारी विद्रोहको कथावस्तुलाई प्राथमिकतामा राखिएको छ। निर्देशक निरौला यो चलचित्रका लेखक पनि हुन्। रमाइलो कुरा के छ भने निर्देशक निरौला १८ वर्षपछि नै निर्देशनमा फर्किका हुन्। उनले यो आगमनलाई क्रियाशिल हुने अभियानको थालनी मात्र बताएका छैनन्, चलचित्र क्षेत्रमा आफ्नो सक्रिय सहभागिताको रुपमा समेत चित्रण गरेका छन्।

चलचित्रको बारेमा जानकारी दिँदै निर्देशक निरौला भन्छन् – ‘चलचित्रमार्फत नारीलाई उत्पीडन हैन समाज निर्माणमा सक्रिय बनाउनु पर्छ भन्ने सन्देश दिने योजना बनाएको छु।’ नयाँ ‘जन्मभूमि’ मा विनोद श्रेष्ठ, निष्मा घिमिरे, मोहन निरौला, जेबिका कार्की तथा बालकलाकार सौगात बिष्टले अभिनय गर्नेछन्। चलचित्रको छायांकन आगामी चैत्र ५ गतेदेखि प्रारम्भ हुनेछ। चलचित्रमा दुई जना संगीतकारहरु रमेश खड्का तथा बसन्त सापकोटाको संगीत रहनेछ। युवराज राईले छायांकन गर्ने यो चलचित्रमा अष्ट महर्जनको द्वन्द्व निर्देशन रहनेछ।

शुभमुहुर्त कार्यक्रम को फोटो ग्यालरी हेर्नुहोस

SUBSCRIBE 👉