मिसेस् ग्लोब २०१५ का लागि अप्सरा बस्नेत चीनतर्फ


विवाहित महिलाहरुमा केन्द्रित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस् ग्लोब २०१५’ मा नेपालका तर्फबाट सहभागिताका लागि अप्सरा बस्नेत चीनतर्फ प्रस्थान गरेकी छिन्। चीनको सेन्जेन शहरमा यही नोभेम्बर २६ देखि डिसेम्बर ६ तारिखसम्म संचालन हुने यो प्रतियोगितामा अप्सराले विश्वका पचास भन्दा बढी मुलुकका विवाहित सुन्दरीहरुसित प्रतिस्पर्धा गर्नेछिन्।

Apsara Basnet Mrs Globe 2015अप्सरा केही समय अगाडि मात्रमा पोखरामा सम्पन्न मिसेस् पोखरा २०१५ का विजेता हुन्। यस अघि मिसेस् ग्लोबको २०१३ र २०१४ को संस्करणमा नेपालको तर्फबाट रजनी थापाको सहभागिता रहेको थियो। जसमा रजनीले २०१३ मा मिसेस् फिलान्थ्रोपी र २०१४ मा लिडर अफ द इयरको अवार्ड जितेकी थिइन्।

अप्सराको मिसेस् ग्लोबमा सहभागिताका लागि ईप्लानेट प्रा. लि. ले सहकार्य गरेको हो भने मिसेस् नेपाल २०१३ की विजेता रजनी थापाले यसका लागि संयोजन गरेकी हुन्।

SUBSCRIBE 👉