मोडलिङमा करियर खोज्दै इशा क्षेत्री [फोटो ग्यालरी]


मोडलिङमा करियर बनाउने उद्देश्यले यसै वर्षदेखि सक्रिय इशा क्षेत्री काठमाडौंकी स्थायी बासिन्दा हुन्। सुन्दर मुहारकी धनी इशा होटल म्यानेज्मेन्टकी छात्रा हुन्। केही म्युजिक भिडियो तथा फोटोसेसनमा सहभागी भैसकेकी इशालाई अब र्याम्प मोडलिङमा स्थापित हुनु छ। मोडलका रूपमा स्थापित भएपछि इशाले नेपाली चलचित्रमा आउन सक्ने सम्भावना व्यक्त गरेकी छिन्।

Isha Chhetri Kantipur Saptahik Photoकेही म्युजिक भिडियोमा अभिनय गरेर मैले यो विधाको अनुभव हासिल गरिसकेकी छु, इशा भन्छिन् “अब ममा चलचित्रमा पनि अभिनयगर्न सक्छु भन्ने आत्मविश्वास छ।” राम्रो चलचित्रबाट प्रस्ताव आयो भने आफू जति बेला पनि डेब्यु गर्न तयार भएको इशाले स्पष्ट पारेकी छिन्।

५ फिट १ इन्च अग्ली इशाको शारीरिक बनावट लोभलाग्दो छ। उनी आफ्नो ३४–२६–३४आकारको शरीरप्रति लोभिनेहरूको संख्या बढ्दै गएको अनुभव गर्दैछिन्। उनलाई मन पराउनेहरूको सूचीलामो छ तर उनले अहिलेसम्म कसै सँग मुटु साटेकी छैनन्। किन त? इशा भन्छिन् “करियर फस्ट”। गायनमा समेत रुचि राख्ने इशा यात्रा गर्न पनि सौखिन छिन्। घरमै बसेरनेट सर्फिङ गर्ने इशा सामाजिक सञ्चालमा पनि निकै समय बिताउछिन्।
शब्द: कृष्ण भट्टराई । तस्बिरहरु : ईश्वर श्रेष्ठ

फोटो ग्यालरी हेर्नुहोस् । फोटो ठुलो पारेर हेर्न सानो फोटोमा क्लिक गर्नुहोस्

 

SUBSCRIBE 👉