ठुङ्दे ठुङ्दे…. हेर्नुहोस् चलचित्र “फन्को” को भिडियो गीत – केकी अधिकारी / सौगात मल्ल


माघ एक गतेबाट अल नेपाल सार्बजनिक प्रदर्शनमा आउने चलचित्र “फन्को”को युट्युब मार्फत ठुङ्दे ठुङ्दे बोलको नयाँ भिडियो गीत सार्बजनिक भएको छ।

सार्बजनिक गीत संगै चलचित्रले नयाँ ट्रेलरलाई पनि समाबेश गरेको छ। चेतन सापकोटाको संगीत, राजेन्द्र थापाको शब्द र संगीतकार सापकोटा संगै रेश्मा सुनारको स्वर रहेको रोमान्टीक गीतमा सौगात मल्ल र केकी अधिकारीलाई फिचरिङ्ग गरीएको छ।

saugat malla keki adhikari fankoसार्बजनिक गीत र सम्बादले चलचित्रको राजनैतिक परिबेशलाई उठान गरेको भान हुन्छ। यस अघि चलचित्रले प्रोम र लोकल ब्युटी बोलको गीतलाई सार्बजनिक गरीसकेको छ। नोभेम्बर २३ मा बेल्जीयममा प्रिमियर गरिएको यो चलचित्रले पोर्चुगलमा पनि बिशेष प्रदर्शन गरीसकेको छ।

हेटौडा मुभि मेकर टिम (एच.एम.एम. टि) को ब्यानरमा निर्माण गरीएको यो चलचित्रको कथा,पटकथा,लेखन,निर्देशन सुबर्ण थापाले गरेका हुन। नरेन्द्र महर्जन, शहदेब गौतम र पदम गुरुङ्गले चलचित्रमा लगानी गरेका छन्। चलचित्रमा नृत्य निर्देशन कबिराज गहतराज, सम्पादन बिपिन मल्ल, छायांकन हरि लामा घले र संजय लामाले गरेका छन।

सौगात मल्ल, दयाहाङ्ग राई, अनुप बराल, प्रियका कार्की, केकी अधिकारी, केशब भट्टराई लगाएत कलाकारहरुले चलचित्रमा अभिनय गरेका छन। अतिथी भुमिकामा देखिएकी गायिका ईन्दिरा जोशीको नृत्य र गित संगितले पनि चलचित्रको चर्चा बनाईरहेको छ। चलचित्रमा पैसाको पछाडी दौडने युवायुवतीको कथा चलचित्रमा रहेको निर्देशक थापाले बताएका छन। नेपाली परिबेश र दैनिक आवाश्यक्तालाई मध्येनजर गर्दै चलचित्रले कथा बोल्ने छ। चलचित्रमा नेपाली राजनिती परिबेश पनि हेर्न पाईने बताईएको छ।

SUBSCRIBE 👉