चलचित्र “आधा पेज” को “मन मान्दैन” भिडियो गीत


शुक्रबार बाट प्रदर्शनमा आउन लागेको चलचित्र “आधा पेज” को नयाँ गीत सार्वजनिक गरिएको छ। ‘यो मान मान्दैन’ बोलको सार्वजनिक गीतमा चलचित्रका नायक रुपेश न्यौपाने, नायिका रिस्ता बस्नेतलाई फ़िचरिंग गरिएको छ। गीतमा रुपक न्यौपानेको स्वर,शब्द र संगीत रहेको छ भने नुत्य सुदीपको रहेको छ।

Nepali Movie Adha Pageप्रदर्शनको मिति नजिक आउदै गर्दा चलचित्र युनिटले अहिले प्रचार प्रसारको गति बढाएको छ। चलचित्रलाई समुन्द्र भट्टको निर्देशन गरेकी हुन्। चलचित्रमा सलोन बस्नेत, रिस्ता बस्नेत, रुपेश न्यौपाने, बिपना बस्नेत, दीपक क्षेत्री, सुरज आरडी, सन्तोष ढकाल, अशिम आरडीको पनि मुख्य अभिनय रहेको छ।

रुपक न्यौपानेको प्रस्तुति तथा परी फिल्मको ब्यानरमा लीला बहादुर न्यौपाने र ज्ञान बहादुर न्यौपानेले चलचित्रलाई निर्माण गरेका हुन्। चलचित्रमा रमण गायक र रुपक न्यौपानेको शब्द तथा सगीत, रामजी लामिछानेको नूत्य निर्देशन, इन्द्र लाल श्रेष्ठको छायांकन, आकाश बुढाथोकीको कथा, सन्तोष ढकालको सम्पादन रहेको छ।

SUBSCRIBE 👉