४ दशक पछि इराकमा सौन्दर्य प्रतियोगिता


miss iraq 2015

Miss Iraq 2015: Shaymaa Abdelrahman | Image: AP / Karim Kadim, Image Source: news.com.au

आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस) आतंक र गृहयुद्धको मार खेपिरहेको इराकले ४ दशक पछि पहिलो पटक व्यूटी क्वीन प्राप्त गरेको छ। इराकमा जतिबेला कट्टरपन्थी हाबी थिएनन् १९७२ मा अन्तिम सौन्दर्य प्रतियोगीता भएको थियो।

अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार बगदादको एक होटलमा भएको प्रतियोगितामा २० वर्षीया सायमा अब्देलरहमान मिस इराक घोषित भएकी छिन्। उनी इराकको किरकुक सहरकी बासिन्दा हुन्।

आतंकवादी संगठनको धम्कीकाबीच आयोजना गरिएको प्रतियोगितामा स्विम सुट सेशन नगर्ने फैसला गरिएको थियो। आयोजकमध्येका एक हुमाम अल ओबेदीले भने, ‘केही मानिस हामी जीवनसँग प्रेम गर्दैनौ भन्ने सोच्छन, तर, वास्तवमा यस्तो होइन।’

मिस इराकको ताज जितेपछि सायमाले मुलुक अगाडि बढेको भन्दै आफूलाई खुशी लागेको बताइन्। अर्थशास्त्रकी विद्यार्थी सायमा दुई भाई इराकी पुलिसका सदस्य थिए। आतंकवादीसँगको मूठभेडमा उनीहरुको मृत्यु भएको थियो।

SUBSCRIBE 👉