धौली : श्रीमान् विदेश जाँदा श्रीमतीलाई पर्ने पिडा


श्रीमान् विदेश हुँदा नेपालमा बस्ने श्रीमतीहरुको पिडा के हुन्छ ? उसलाई समाजले कस्तो दृष्टिले हेर्छ? उसलाई गरिने व्यवहार कस्तो हुन्छ? यी र यस्तै कथा बुनिएको फिल्म ‘धौली’ यो शुक्रबारदेखि प्रदर्शन हुँदैछ। विदेश गएका श्रीमान्को अत्तोपत्तो छैन।अर्काको घरमा मजदुरी गरेर छोरा पाल्नुपर्ने बाध्यता भएको एउटी दलित महिला नै ‘धौली’ चरित्र हो। गीता अधिकारीले फिल्ममा ‘धौली’को भुमिका निभाएकी छन्। समाजको कथा बोक्ने यो फिल्मलाई लिएर अभिनेत्री गीता अधिकारी यतिबेला निकै आशाबादी छिन्।

Nepali Movie Dhauliश्रीमान् विदेश भएको बेलामा अर्कैसँग मायाप्रेममा फँस्ने ‘धौली’लाई त्यसपछि कस्ता वाधा र व्यवधान पर्छन् त ? यो कुरा थाहा पाउन भने फिल्म हेर्नेपर्ने हुन्छ। शुक्रबारदेखि चल्ने यो फिल्मको प्रचार सामाग्रीलाई दर्शकहरुले निकै रुचाएका छन्। काठमाण्डौ बाहिर यो शुक्रबार र काठमाण्डौ उपत्यकामा अर्को शुक्रबारदेखि प्रदर्शनमा आउने यो फिल्मको व्यापारलाई लिएर यसका निर्माता र वितरकहरुले पनि राम्रै आशा गरेका छन्।

अरु दुई नेपाली फिल्मसँग जुधेपनि यो फिल्ममा रहेको कन्टेन्ट, प्रचार सामाग्रीले पाएको हाईप र पछिल्ला दिनमा मौलिकता बोकेको फिल्मले गरेको गज्जबको व्यापारले गर्दा व्यवसायिक रुपमा यो फिल्मले अरुलाई उछिन्ने फिल्मकर्मीहरु अनुमान लगाउँछन्। ‘फिल्मको विषयवस्तु दर्शकले मन पराउने कुरामा हामी ढुक्क छौँ ।’ फिल्मका निर्देशक घनश्याम लामिछाने भन्छन्–‘माउथ टु माउथ पब्लिसिटि बढ्नेमा कुनै दुईमत छैन।’ ‘धौली’ फिल्मको प्रचार सामाग्री देखेपछि विदेशबाट समेत माग बढेको उनले जानकारी दिए।

स्पाईनी ब्याबलर क्रियशनको ब्यानरमा निर्माण भएको यो फिल्ममा गीता अधिकारी, विष्णु गौतम, गजित विष्ट, अनु शाह, तेज गिरी, शम्भु थापा लगाएतका कलाकारहरुले अभिनय गरेका छन्।

SUBSCRIBE 👉