अनमोलको ‘ड्रिम्स’ – फस्ट लुक पोस्टर रिलिज


Anmol kc Dreamsअभिनेता भुवन केसीले निर्देशन गरेको फिल्म ‘ड्रिम्स’को फस्ट लुक सार्वजनिक गरिएको छ। क्रिसमस डेको अवसर पारेर निर्देशक भुवनले फिल्मको पोस्टर सार्वजनिक गरेका हुन्। सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार अनमोल केसी र साम्राज्ञी राज्य लक्ष्मी शाहलाई फिचरिङ गरिएको छ। सार्बजनिक फस्ट लुक पोस्टरले फिल्म लभस्टोरी कथामा निर्माण भएको संकेत गर्दछ।

३० वर्षे फिल्मी यात्रामा भुवनले पहिलो पल्ट आफ्नै छोरा अनमोल केसीलाई लिएर आफ्नै ब्यानर काजल फिल्मस् मार्फत् ‘ड्रिम्स’को निर्देशन गरेका हुन्।यस अघि दुई फिल्म निर्देशन गरिसकेका दिवाकर भट्टराईले फिल्मको एसोसिएट निर्देशकको रुपमा काम गरेका छन्।

भुवनले यसअघि काजल फिल्मस्को ब्यानरबाटै करोडपति, नेपाली बाबु, म तिमी बिना मरिहाल्छु जस्ता सुपरहिट फिल्म निर्माण गरिसकेका छन्। सर्वाधिक सफल निर्माताको परिचय बनाएका भुवन केसी र नयाँ पुस्तामा सर्वाधिक रुचाइएका अनमोल केसीको सहकार्य रहेको यो फिल्मलाई धेरैले चासोका साथ हेरेका छन्। त्यसैले पनि निर्देशक भुवनले निर्देशनमा आफ्नो डेब्यु सार्थक बनाउने हिसाबले ‘ड्रिम्स’को निर्देशन गरेको बताएका छन्।

‘३० वर्षे मेरो फिल्मी यात्राको अनुभव र अनमोलको भविष्यलाई ध्यानमा राखेर फिल्म बनाएका छौं। दर्शकको अपेक्षा खेर जान्न,’ भुवनले भने। फिल्म आउँदो फागुन २१ गते बाट नेपालभर सार्बजनिक प्रदर्शनमा आउने भएको छ। फिल्ममा साम्राज्ञीराज्य लक्ष्मी शाह र सन्ध्या केसीले डेब्यु गर्दैछन्।

फिल्ममा सामीप्यराज तिमल्सेनाको पटकथा, पुरुषोत्तम प्रधान र सन्जय लामाको छायांकन, हरकुलिश बस्नेत र विशेष पाण्डेको संगीत, बनिश शाह र मिलन श्रेष्ठको सम्पादन ,उत्तम न्यौपानेको साउण्ड डिजाइन रहेको छ। फिल्ममा चन्द्र पन्तको द्धन्द्ध, कविराज गहतराजको नृत्य र साहिल खानको ट्रेलर रहेको छ।

SUBSCRIBE 👉