सुष्मिताको “म त तिम्रै हुँ” को छायाँकन अन्तिम चरणमा


अभिनेत्री सुस्मिता केसी बोम्जनको कथा तथा निर्माण रहेको चलचित्र ‘म त तिम्रै हुँ’ को छायांकन अन्तिम चरणमा पुगेको छ। चलचित्रको गीत बाहेकको छायांकन यस अघि नै सकिएको र अहिले गीतको छायांकन चलिरहेको छ। चलचित्रमा ४ वटा गीतहरु समाबेश छन्। ति मध्य ३ वटा गीतको छायांकन सकिसकेको छ भने बाँकि एक गीत केहि समय पछि इलाममा छायांकन गरिने निर्देशक श्रीराम महतले बताएका छन्।

nepali movie ma ta timrai hoonगीतको छायांकनको क्रममा चलचित्र निर्माण युनिट बिहिबार चितवन पुगेको थियो। भरतपुरस्थित क्यान्सर हस्पिटलको सभाहलमा विहीबार गीतको छायाँकन गरिएको छ। गीतको छायांकनको लागि चलचित्र युनिट पाल्पा, तानसेन, बुटवल हुदै चितवन पुगेको हो।

nepali movie ma ta timrai hoon

निर्मात्री सुस्मिता बोम्जन र निर्देशक श्री राम महत

अनमोल क्रियशन को ब्यानरमा निर्माणाधीन चलचित्र ‘म त तिम्रै हुँ’ लाई श्रीराम महतले निर्देशन गर्दैछन्। चलचित्रमा सुस्मिताको साथमा विजय लामा, सुशिल काफ्ले, आकाश श्रेष्ठ, जीवन भट्टराई, ज्योत्सना योगी, अनुपम श्रेष्ठ, सुसन खड्काको अभिनय रहेको छ। चलचित्रमा सौरभ लामाको छायांकन, कविराज गहतराजको नृत्य निर्देशन, हिमाल केसीको द्वन्द निर्देशन, हर्कुलिस बस्नेतको संगीत, कृष्ण आचार्यको पटकथा सम्वाद रहेको छ। चलचित्रमा अनमोल केसी र सुवास थापाले लगानी गरेका छन्।

SUBSCRIBE 👉