हमाललाई सिम्पल आर्टस् सम्मान


nepali-super-star-rajesh-hamal

Rajesh Hamal

ग्ल्यामर नेपाल, काठमाडौं । महानायक राजेश हमाललाई ‘सिम्पल आर्टस् सम्मान २०७०’ बाट सम्मानित गरिएको छ। चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि क्रियाशिल अभिनेता हमाललाई सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा सम्मान गरिएको हो। हमालसहित क्रिसु क्षेत्री, मुक्ति पाण्डे, रुकमणि श्रेष्ठ, हेम पौडेल, सामा खरेललाई पनि सम्मानित भएका छन्।

सम्मान ग्रहण पछि बोल्दै अभिनेता हमालले ‘सिम्पल आर्टस् सम्मान’ बाट सम्मानित हुन पाउदा निकै खुसी लागेको बताए। उनले आगामी दिनमा पनि सम्मानलाई निरन्तरता दिनु पर्ने उनको भनाई थियो। कार्यक्रममा सिम्पल आर्टस् सम्मान २०७० मूल आयोजक समितिका अध्यक्ष शंकर भारतीको सम्मानलाई आगामी दिनमा निरन्तराता दिँदै जाने जानकारी पनि दिईयो।

SUBSCRIBE 👉