हरर चलचित्र ‘ट्वेन्टी सेभेन आवर्स (27 HOURS) – सार्बजनिक पहिलो पोस्टर


हरर थ्रीलर चलचित्र हेर्ने दर्शक नेपालमा नभएका होईनन तर पनि नेपाली हरर चलचित्रहरु निर्माण हुन सकिरहेका छैनन्। यसै क्रममा भारतीय निर्देशक अरविन्द एमको निर्देशनमा नेपाली हरर चलचित्र 27 HOURS ‘ट्वेन्टी सेभेन आवर्स’  प्रदर्शनको लागि तयार भएको छ।चलचित्रको फस्टलुक पोस्टरहरु समेत सार्वजनिक भएका छन्। निकै फरक शैलीमा डिजाइन गरिएको पोस्टरहरुको डिजाइन जय र बिप्लोपले गरेका हुन्।

27 HOURS

27 HOURS – Movie First Look Poster

प्राबिधीक पक्ष बालियो भएकोले हलिउड र बलिउड हरर चलचित्र हेर्ने दर्शकलाई ‘ट्वेन्टी सेभेन आवर्स’ले निकै मनोरञ्जन दिने निर्देशक अरविन्द को दाबी छ।सम्पूर्ण प्राबिधीक कार्य समेत दक्षिण भारतीय नै रहेको यो चलचित्रको टिजरलाई दर्शकले रुचाई सकेका छन्। चलचित्रको छायाँकन नेपालको पाल्पा, बुटवल र भारतको मुम्बईमा छायांकन गरिएको हो।

२७ घण्टामा एक ब्याक्तीको जिबन भित्र घटेको घटनालाई चलचित्रले रमाईलो ढंगबाट प्रस्तुत गरेको छ। चलचित्रमा रिजन कोइरालाको संगित, वँशी अट्लुरीको सम्पादन, सचिन सतमको भिएफएक्स, सिध्धु पुजारीको कोरियोग्राफी, मुर्गान र पबनको छायँकन रहेको छ। चलचित्रलाई कलाकार समेत रहेका दिपक लम्सालले निर्माण गरेका हुन्। सुनिन मानन्धरले वितरण गर्ने यो चलचित्र चैत्र १९ गतेबाट प्रदर्शनमा आउने भएको छ।

SUBSCRIBE 👉