हेमन्त शर्माको नयाँ म्युजिक भिडियो: गुडेको रेल पनि रोकदिन्थे मैले त…

लोकप्रिय गायक हेमन्त शर्माको नयाँ म्युजिक भिडियो सार्बजनिक भएको छ। गायक हेमन्तले आफ्नै अफिसियल यु ट्युब च्यानल मार्फत आफ्नो नयाँ म्युजिक भिडियो सार्बजनिक गरेका हुन्।

Singer Hemanta Sharma

Actress Keki Adhikari and Singer Hemanta Sharma

आफ्नै शब्द / संगीत रहेको गीत भिडियोलाई यो पटक भने गायक शर्माले आफै निर्देशन समेत गरेका छन्। “गुडेको रेल पनि रोकदिन्थे मैले त…” बोल रहेको गीतको भिडियोमा नायिका केकी अधिकारी, मोडल पल शाह र पुष्प खड्कालाई फिचारिंग गरिएको छ। केहि दृश्यहरुमा केकी सँग गायक आफै पनि देखिएका छन्।

पछिललो समय नेपालमा आयोजना हुने बृहत मेला महोत्सवमा ब्यस्त रहने गायक नेपाली श्रोता लोकप्रिय गायकका रुपमा चिनिन्छन। उनले गाएका प्राय गीतहरु दर्शक श्रोता मझ निकै चर्चित छन्। यो म्युजिक भिडियोलाइ पनि दर्शक श्रोताले मन पराउने कुरामा गायक शर्मा ढुक्क छन्।

दीपक सिंहको कोरियोग्राफि रहेको भिडियोलाई धिरज जंग शाहले छायांकन र प्रकाश तुलाधरले सम्पादन गरेका हुन्।

SUBSCRIBE 👉