नायक दाजुभाई रमित र अमित ढुंगानाको “बुद्ध बर्न इन नेपाल”


शान्तिका अग्रदुत भगवान बुद्ध नेपालमा जन्मेका हुन् भन्ने तथ्य संसारलाई बुझाउने उद्येश्यले बनाइएको चलचित्र बुद्ध बर्न इन नेपाल बुद्ध जयन्तीको अवसर पारेर आगामी बैशाख १० गतेदेखि नेपालभरबाट प्रदर्शनमा आउने भएको छ। नायक अमित ढुंगानाले अमेरिका भ्रमणका क्रममा बुद्ध भारतमा जन्मेको भ्रम छरिएको पाएपछि यस्तै भ्रम विश्वका अन्य थुप्रै मुलुकमा समेत रहेको भेटिएपछि यसलाई चिर्ने उद्येश्यले आफ्ना नायक दाजु रमित ढुंगानाका साथ यो चलचित्रको निर्माण गरेका हुन्।

nir-shah-amit-ramit-dhunganaचलचित्रको नाम सुन्दा कुनै बृत्तचित्र झै लागे पनि यो बुद्ध नेपालको लुम्बिनीमा जन्मेको तथ्यका साथ कनाथन ढंगले निर्माण गरिएको नायक रमितले जनाएका छन्। यसको नायकले विभिन्न देशमा बुद्ध भारतमा जन्मेको भन्ने भ्रम रहेको तथा थुप्रै मुलुकका पाठ्यपुस्तक एवं अन्य पुस्तकमा समेत यो भ्रम लेखिएको थाहा पाएपछि नेपाल फर्केर लुम्बिनी पुगेरै तथा अन्य ऐतिहासिक तथ्य संकलन गरी विश्वलाई बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने बुझाउन गरेको संघर्षको कथा चलचित्रले बोल्छ। नायकले यसका लागि आफ्नै सरकार र अन्य पक्षका सामू गरेको संघर्ष र वास्तविकताका लागि गरेको दुःखको कथा यसमा छ।

चलचित्रमा नायक दाजुभाई अमित ढुगाना र रमित ढुंगानाका साथ अशिष्मा नकर्मी, निर शाह, मिथीला शर्मा, मनिता लामाले प्रमूख भूमिकामा अभिनय गरेका छन्। चलचित्रमा अमेरिकीहरुले समेत अभियन गरी बुद्ध नेपालमा जन्मेको सन्देश विश्वसामू दिन सहयोग गरेका छन्। यसमा तामाङ भाषामा डिप्लोमा गरेकी अमेरिकास्थित कर्नल युनिभर्सिटीकी प्रोफेसर क्थाथि्रन मार्च र उनको प्रोफेसर पतिले समेत अभिनय गरेका छन्।

amit-ramit-dhunganaज्ञानेन्द्र देउजाले निर्देशन गरेको चलचित्रमा अमेरिकाका विभिन्न स्थानका साथ लुम्बिनीका दृश्यहरुलाई समेत कथानक ढंगले प्रस्तुत गर्दै बुद्ध नेपालमै जन्मेका हुन् भन्ने वास्तविकता छर्लङ पारिएको छ। नेपालपछि अमेरिका, युरोप, जापान, अष्ट्रेलिया, क्यानडालगायतका बौद्ध धर्म मानिने मूलुकमा पनि प्रदर्शन गर्ने लक्ष्य राखिएको चलचित्रमा कथा रमित ढुंगाना, पटकथा र संवाद दिनेश न्यौपाने, संगीत सुरेश अधिकारी, छायांकन दिर्घ गुरुङको रहेको छ।

यो चलचित्र नाफा कमाउने उद्येश्यले भन्दा पनि अमेरिकाको पाठ्यपुस्तकमा समेत बुद्धबारेको गतल जानकारी पाएपछि त्यसलाई मेटाउने उद्येश्यले तयार पारिएको निर्माता तथा नायक रमित ढुंगानाले जानकारी गराएका छन्। विदेशी भूमिमा आएर बुद्ध भारतमा जन्मेका हुन् भन्ने भ्रम रहेको देखेपछि मन थाम्नै सकिना। यो भ्रमलाई हेरेर बस्न सकिएन। त्यसैले विभिन्न अध्ययन र अनुसन्धानपछि बुद्ध नेपालमा जन्मेका हुन् भन्ने वास्तविकता बुझाउन यो फिल्म बनाएका हौँ ’ हाल अमेरिकामा रहेका र चलचित्रको प्रदर्शनका लागि नेपाल आउने तयारीमा रहेका नायक ढुागानाले भने माया नमारमा जस्तो यसमा पैसा कमाउने उद्येश्य हाम्रो छैन। बुद्ध र बुद्धको जन्मस्थलबारे फैलिएको भ्रमलाई फिल्ममार्फत अलिकती भएपनि मेटाउन सकिए त्यो हामी सबैका लागि ठूलो कमाई र उपलब्धि हुनेछ।’

त्यसै गरी चलचित्रका अर्का प्रमूख कलाकार तथा निर्मता अमित ढुंगानाले चलचित्रले बुद्धबारेको वास्तवीक सन्देशका साथ मनोरञ्जनसमेत प्रदान गर्ने बताए। फिल्ममा बुद्धबारेको सन्देश र वास्तविकता त पाइने नै छ, फिल्म हेरुञ्जेल बोर लाग्ने ठाउा पनि छैन। तर फिल्मको प्रमूख उद्येश्य भनेकै बुद्धका विषयमा फैलिएको भ्रम चिर्नु हो’ अमितको भनाई छ। मित र रमितको दाजुभाईले यसअघि माया नमार नामक चलचित्रको निर्माण गरेका थिए।

SUBSCRIBE 👉