Anmol kc : युवती तयार भैहालिन् भने पनि म सेक्समा जान सक्दिन!


नायक अनमोल केसीका हजारौ फ्यान छन्। अनमोल केसीलाई हेर्नकै लागि उनको घर वरिपरी यूवतीहरुको भिड नै लाग्ने गरेको छ। संभवत, यस्तो क्रेज बनाउने अनमोल केसी एक मात्र नेपाली कलाकार हुन्। तर, चकलेटी नायकले आफू यूवतीको मामलामा केही फरक भएको बताएका छन्। स्कुलमा ५ – ६ क्लासमा पढ्दा प्रेमिका बनाउने लहर नै चल्दा आफूले पनि प्रेम गरेको उनले बताए तर, उनले यसलाई प्रेम नभएर फेसन भनेका छन्।

Anmol kc

Anmol kc | Photo : Maheswor Man Singh / Glamour Nepal

अनमोलले आफ्नो शारीरिक सम्बन्धको कमजोरी समेत खुलाएका छन्। कान्तिपुर साप्ताहिकसँग कुरा गर्दै अनमोलले भने-‘मेरो कमजोरी के छ भने कुनै यूवती तयार भैहालिन् भने पनि म सेक्समा जान सक्दिनँ। कम्तीमा २-४ बर्ष संगत गरेको हुनुपर्छ।’

अनमोललाई हेर्दा धेरैलाई लाग्न सक्छ, उनी झुटो बोल्दै छन् तर अनमोलले आफू पार्टी जान, डेटिङ जान भन्दा पनि घरमै चलचित्र हेरेर, म्यूजिक सुनेर बस्न रुचाउने बताएका छन्।

अनमोल केसी अभिनित चलचित्र “ड्रिम्स” प्रदर्शनको तयारीमा छ भने चलचित्र “गाजलु” मा उनि पुर्व मिस नेपाल श्रीस्टी श्रेष्ठको जोडीको रुपमा देखिदै छन्।
भिडियो हेर्नुहोस्

SUBSCRIBE 👉