नेहा पुनको लागी न्याय माग्दै नायिकाहरु [ भिडियो ]


actress reecha sharma justice for neha punपोखरामा गत सोमबार फेब्रुअरी २ का दिन बलात्कारपछि हत्या गरिएको नेहा पुनको लागि न्याय माग्दै छिटो भन्दा छिटो हत्यारा पहिचान गरि हदैसम्मको कारवाहीको सरकारसँग माग गर्दै चलचित्रका नायिकाहरुले शनिबार साँझ माइतीघर मण्डलामा ‘नेहालाई न्याय देऊ’ लेखिएको प्लेकार्डसहित केहि समय उभिए। नेहाको आत्माको चिरशान्तिको कामना गर्दै उनीहरुले मैनबत्ती बाले। नेहा, मगर भाषी फिल्मकी नायिका समेत हुन्।

actress priyanka karki justice for neha punनायिका ऋचा शर्माले फेसबुक मार्फत् आह्वान गरेको दीप प्रज्ज्वलन कार्यक्रममा अनुप बिक्रम शाही, मिलन चाम्स, निशा अधिकारी, माल्भिका सुब्बा, प्रियंका कार्की, आना शर्मा, झरना थापा, नन्दिता केसी, रीमा विश्वकर्मा, दिपाश्री निरौला, मिस नेपाल इभाना मानन्धर लगायतका कलाकारहरुको बाक्लो उपस्थिती रहेको थियो भने सर्बसाधारण तथा अन्य संघ संस्थाहरुको पनि उपस्थिति थियो। कलाकारहरुले आज नेहा पुनका हत्यारालाई कारवाही नगर्ने हो भने अरु नेपाली चेली पनि नेहा बन्नुपर्ने भन्दै सरकारले यस्तो घटना दोहोरिन नदिन कदम चाल्नुपर्ने बताए।
भिडियो हेर्नुहोस्

SUBSCRIBE 👉