ग्ल्यामरस रिभाइभ – २०१६ फेसन सो


लाजिम्पाटस्थित द लास्ट फ्राइडे बार एन्ड ग्रिलमा ‘ग्ल्यामरस रिभाइभ-२०१६’ नामक फेसन कार्यक्रम गएको शनिबार आयोजना भएको थियो। एक दर्जन सुन्दरी मोडलहरुले आफ्नो बान्की परेको जीउडाललाई मर्काउँदै र्‍याम्प मा बिरालो चाल (क्याट वाल्क) गर्दै महोल तताएको फेसन सोमा नारी फेसन हाउसका डिजाइनर श्रुति के.सी., एम.बी. फेसन बुटिकका डिजाइनर ममता बस्नेतले तयार पारेका पहिरनहरूदेखि पस्मिना वेयर, क्याजुयल पार्टी वेयर तथा टिसर्टका विभिन्न नमुनाहरू पनि प्रदर्शन गरिएको थियो।
Glamorous-Revive-Fashion-Show-2016
फेसन शोमा डिजाइनर साडी, कुर्ती तथा पार्टी वेयर रेन्ज आकर्षक देखिएका थिए। सिनेम्याक्स इन्टरटेन्मेन्टको प्रस्तुतिमा पंकज सिंहले आयोजना गरेको उक्त फेसन शोमा गायिका श्रेया सोताङ तथा गायक कमल के खत्रीले सांगीतिक मनोरञ्जन प्रदान गरेका थिए। क्रमश: ब्यान्डको लाइभ सांगीतिक प्रस्तुति सँगै बिट मारेको उक्त फेसन शोको कोरियोग्राफी रोजिन शाक्यले गरेका थिए।

कार्यक्रमको फोटो ग्यालरी हेर्न यहाँ क्लिक गर्नुहोस्

SUBSCRIBE 👉