Watch Trailer | युरोपमा छायाँकन गरिएको फिल्म ‘नमस्ते नेपाल’को युरोप बाटै प्रदर्शन शुरु गरिने


युरोपका विभिन्न देशहरुमा छायाँकन गरिएको चलचित्र ‘नमस्ते नेपाल’को पोस्टर, ट्रेलर र दुई गीत सार्वजनिक गरिएको छ। राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्र निर्माण युनिटले पोस्टर, ट्रेलर र गीत मिडिया पर्सन्यालिटिहरुका विच सार्बजनिक गरेको हो। कार्यक्रममा नायक सविन श्रेष्ठका साथमा चलचित्र निर्माण यूनिट सदस्यहरुको उपस्थित थियो।

Namaste Nepalकार्यक्रममा बोल्दै निर्माता प्रदिप कुमार उदयले चलचित्रको प्रदर्शन यूरोपबाट सुरु गरिने र नेपालमा साउनमा मात्र प्रदर्शन गरिने बताए। निर्माता उदयले भने ‘चलचित्रले नेपाललाई बिश्व सामु चिनाउनेछ। चलचित्रले सगरमाथा, गौतम बुद्धका बारेमा समेत बोल्ने छ। कार्यक्रममा बोल्दै निर्देशक राजु शाहले चलचित्रलाई पूर्ण मनोरञ्जन शैलीमा निर्माण गरिएको जानकारी दिए।

Namaste Nepalचलचित्रको ट्रेलरलाई सस्पेन्स शैलीमा तयार पारिएको छ। सम्पूर्ण दृश्यहरु यूरोपमा छायांकन गरिएको यो चलचित्रमा नायक सविन श्रेष्ठले यूरोपका विभिन्न देश स्थानहरुमाका नायिकासँग रोमान्स गरेका छन्। चलचित्रमा सविन श्रेष्ठ, अन्ना कलान्डेज, अनुजा प्रधान, श्याम श्रेष्ठ,म्यूजिका श्रेष्ठ, नरेन्द्र थापा, पार्वती अधिकारी, सनम कुमार वैराग, कमला दाहाल, गोपाल ढकालका साथमा यूरोपका विभिन्न देशका कलाकारको अभिनय छ।

राजु शाहले निर्देशन गरेको चलचित्रमा प्रदिप कुमार उदय, मन्दिरा श्रेष्ठ र श्रीजु शाहको लगानी छ। चलचित्रमा दिव्यराज सुवेदीको छायांकन, बसन्त सापकोटा, ओम सुनार, रियाज सिवाकोटीको संगीत, चन्द्र पन्तको एक्सन, राजु शाह र गोपाल ढकालको पटकथा तथा संवाद छ।

SUBSCRIBE 👉