तोरिबरिमा अशिष्मा र सौगातको रोमान्टिक मुड – तस्विरहरु


Ashishma Nakarmi and Saugat Malla

Ashishma Nakarmi and Saugat Malla | Nepali Movie Sanrakchan

अभिनेत्री अशिष्मा नकर्मी र अभिनेता सौगात मल्लको रोमान्टिक मुडका केहि तस्वीरहरु सार्वजनिक भएका छन्। सार्वजनिक तस्वीरमा अशिष्मा र सौगातको रोमान्स प्रष्ट छ। बिरगंजमा छायाँकन भईरहेको चलचित्र “संरक्षण” का यी तस्विरहरु हेर्दा लाग्छ, सौगातको प्रेममा अशिश्मा परेकी छिन। चलचित्रको लभस्टोरीमा अशिष्मा र सौगात जोडीको रुपमा देखिदै छन्। चलचित्रको ३५ प्रतिशत छायाँकन सकिएको छ।

Ashishma Nakarmi and Saugat Malla

Ashishma Nakarmi and Saugat Malla | Nepali Movie Sanrakchan

द्वारिका उदय प्रोडक्शन, श्रीवास्तव फिल्मस्, हेटौँडा मुभि मेकर टीम, एचएमएमटी र पुर्णेन्दु प्रोडक्शनको संयुक्त प्रस्तुतीमा निर्माणाधीन चलचित्रमा चलचित्रमा प्रदिप कुमार उदय, नरेन्द्र महर्जन, नन्दु श्रीवास्तव र श्वेता शाहको लगानी छ। चलचित्रलाई पुर्णेन्दु कुमार झाले निर्देशन गर्दैछन्।

Ashishma Nakarmi and Saugat Malla

Ashishma Nakarmi and Saugat Malla | Nepali Movie Sanrakchan

चलचित्रमा निखिल उप्रेती, सौगात मल्ल, अशिष्मा नकर्मी मुख्य भूमिकामा देखिदै छन्। निखिल, अशिष्मा र सौगात संगै प्रमोद अग्रहरी, मलिना जोशी, नन्दु श्रीवात्सव लगायतको पनि अभिनय रहेने छ। चलचित्रको छायांकन काठमाडौं, विरगंज र हेटौडा लगायतका स्थानमा हुने बताईएको छ।

SUBSCRIBE 👉