‘ड्रिम्स’को नयाँ भिडियो गीत – तिमि नहुँदा रिलिज


Dreams Nepali Movie

अनमोल केसी अभिनित बहुप्रतिक्षित चलचित्र ‘ड्रिम्स’को नयाँ भिडियो गीत सार्बजनिक भएको छ। राजधानीमा एक कार्यक्रम आयोजना गर्दै अनमोल केसीको साथमामा नायिका साम्रागी राज्य लक्ष्मी शाहलाई फिचारिंग गरिएको भिडियो र चलचित्रको अडियो एल्बम सार्वजनिक गरिएको हो।

सार्बजनिक भएको ‘तिमी नहुँदा..’ बोलको गीतमा अनमोल र साम्राज्ञीको प्रेम-भाव हेर्न सकिन्छ। रोदित भण्डारी र सोमिया बराईलीको अवाज रहेको गीतमा शब्द तथा संगीत विशेष पाण्डे र गायक रोदितको छ। गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन्। चलचित्रमा पटकथा तथा संवाद सामिप्यराज तिमिल्सिनाको छ। ‘ड्रिम्स’मा दिवाकर भट्टराई एसोसियन निर्देशकको रुपमा छन्। फागुन २१ गतेबाट प्रदर्शनमा आउने यो चलचित्रलाई नायक भूवन केसीले निर्देशन गरेका हुन्।

SUBSCRIBE 👉