शकुन्तलाको पहिलो लुकमा – राजेस हमालको एक्सन


तेस्रो लिंगी पात्रको भूमिकामा देखिएका नायक राजेश हमाल अभिनित चलचित्र “शकुन्तला” पहिलो पोस्टर रिलिज भएको छ। सार्बजनिक पोस्टरमा हमाललाई एक्सन अवतारमा देख्न सकिन्छ। श्रीप्सन खत्रीको प्रस्तुतिमा निर्माण भएको यो चलचित्रमा राजेस हमालको साथमा अनु शाह, किशोर खतिवडा, विन्द्र बस्नेत, सुवर्ण स्मृति श्रेष्ठ, रवि गिरी, प्रदिप कुमार उदय, प्रदिप ढकाल, शिवन श्रेष्ठले अभिनय गरेका छन्।

Rajesh Hamal | Nepali Movie Shakuntala First Look Poster

Rajesh Hamal | Nepali Movie Shakuntala First Look Poster

दिनेश श्रेष्ठको लेखन तथा निर्देशन रहेको चलचित्र “शकुन्तला”मा नायिका अनु शाह रिपोर्टरको भुमिकामा देखा परेकी छिन्। चलचित्रमा अर्जुन पोख्रेलको संगीत, अष्ट महर्जनको एक्सन, माइकल चन्दको नृत्य निर्देशन रहेको छ। सस्पेन्स कथामा आधारित यो चलचित्र आगामी जेठ १४ गतेदेखि सार्वजनिक प्रर्दशनमा आउने बताईएको छ।

SUBSCRIBE 👉