पाउजु बजाउदै, नव नायक सँग कम्मर मर्काउदै रेखा थापा


Rekha Thapa Ram Pyariनायिका रेखा थापाको चलचित्र “राम प्यारी” को डान्सिङ नम्बर भिडियो गीत ‘छमछमती पाउजु बजाएर’ सार्बजनिक भएको छ। आगामी चैत्र २६ गते देखि सार्बजनिक प्रदर्शनमा आउने चलचित्रको प्रचार प्रसारलाई तिव्र बनाउन यो गीत रिलिज गरिएको हो।

यसै चलचित्रबाट डेब्यू गर्न लागेका नव नायक आभास अधिकारीसँग रेखाले यो गीतमा कम्मर मर्काएकि छिन्। थानेश्वर गौतम र माण्डवी त्रिपाठीको स्वर रहेको गीतलाई गायक थानेश्वरले नै संगीत भरेका हुन्। रामजी लामिछानेको कोरियोग्राफी रहेको यो गीतले दर्शक स्रोताको मन जित्ने कुरामा रेखाढुक्क छिन्। दोहोरो भूमिकामा रहेकी रेखाले चलचित्रलाई नारी प्रधान बताउँदै आएकी छिन्। यो चलचित्रको निर्देशक सबिर श्रेष्ठ हुन्।

SUBSCRIBE 👉