‘लप्पन ६प्पन’ होईन, ‘६क्का पन्जा’ बाट निर्देशक बन्दैछिन् दिपा श्री निरौला


Dipa Shree Niraula Chakka Panjaदिपा श्री निरौलाको निर्देशनमा निर्माण हुने भनिएको चलचित्र ‘लप्पन ६प्पन’ को नाम परिवर्तन भएको छ। चलचित्रको नाम परिवर्तन गरेर ‘६क्का पन्जा’ राखिएको छ। ‘लप्पन ६प्पन’ नाम अर्कै निर्माताले दर्ता गरिसकेकाले चलचित्रको नाम परिवर्तन गर्नु परेको दीपाले बताएकी छिन। उनले आफ्नो फेसबुक स्टाटस मार्फत यो कुराको जानकारी दिएकि हुन्।

दिपा श्रीले ‘लप्पन ६प्पन’ को नाममा ३ जनाले दाबी गरेको तर यी तिन मध्ये एक जनाले सो नाम दर्तानै गरिसकेको हुनाले सोहि नामकालागी झमेला गर्नु भन्दा आफ्नो चलचित्रको नाम नै परिवर्तन गरेको बताईन। दिपक दिपाको टिमले आफ्नो तेस्रो चलचित्रमा पनि अंक ६ लाई महत्व दिएका छन्। यस अघिका २ चलचित्रमा पनि उनीहरुले अंक ६ लाई चलचित्रको नाम मा छुटाएका थियनन। छ एकान छ र वडा नम्बर ६ निर्माण गरिसकेका दिपा र दिपकको तेस्रो चलचित्र ‘६क्का पन्जा’ चैत्रको पहिलो साता देखि फ्लोरमा जाने बताईएको छ।

तस्विर सौजन्य : स्ट्रिटनेपाल डट कम

SUBSCRIBE 👉