फ्राई डे रिलिज – ‘चियर्स’ र ब्रम्हा


nepali-movie-cheersग्ल्यामर नेपाल, काठमाडौं । गत शुक्रबार रिलिज भएका दुई फिल्म ‘तोरी लाहुरे’ र ‘ऋतु’को व्यापार उत्साहजनक नभइरहेका बेला यो साता पनि दुई नयाँ प्रदर्शन हुने भएका छन्। शुक्रबारबाट ‘चियर्स’ र ब्रम्हा’ रिलिज हुन लागेका हुन्। सिनेमा प्रोमोसनमा कमजोर देखिएका यी चलचित्र स्टक क्लिरेन्समात्र हुने अनुमान गरिएको छ।

पवन गौतमको निर्देशनमा तयार भएको ‘चियर्स’मा भुपेन चन्द, पुष्करजंग थापा, राज आचार्य, कृष्टि पौडेल, महिमा सिलवाल लगायतका कलाकारको अभिनय छ। चलचित्रमा राजाराम केसी, सजिव केसी र युवराज खत्रीले निर्माण गरेका हुन्। दीपक बानियाँको छायांकन, कविराज गहतराजको नृत्य, जनक गुरुङको एक्सन रहेको फिल्म मोफसल र राजधानीका सिंगल स्क्रिनमा सिनेमा रिलिज हुँदैछ। फिल्म तीनजना साथीको जीवनमा आइपरेको घटनामा केन्द्रीत छ।

‘चियर्स’सँगै शुक्रबारबाटै प्रदर्शनमा आउने थालेको अर्को चलचित्र ‘ब्रम्हा’लाई ऋषि न्यौपानेले निर्देशन गरेका हुन्। फिल्लमा निर्मल सेन्चुरी, रागिनी खड्गी र एनी कुवँरको मुख्य भूमिका छ। मसलेदार श्रेणीको फिल्मलाई सिजे पान्डे र भूपेन बस्नेतले निर्माण गरेका हुन।

काठमाडौं उपत्यकाका सिंगल थिएटरमा भने यस अगाडि मोफसलमा रिलिज भइसकेको फिल्म ‘योद्धा’ रिलिज हुँदैछ। उदय सुब्बाको निर्देशनमा तयार भएको यो फिल्ममा राजेश हमाल, सुवास मेचे, झरना थापाको मुख्य भूमिका रहेको छ।

SUBSCRIBE 👉