दर्शना आर्टसले अव हलिउड सिनेमापनि वितरण गर्ने


hollywood-movie-in-nepalबलिउड सिनेमा बितरणमा स्थापित दर्शना आर्टसले अब हलिउड सिनेमाको पनि बितरण सुरु गर्ने भएको छ। बलिउड सिनेमा संगै राम्रा नेपाली सिनेमाको बितरण समेत गर्ने गरेको दर्शनाले बितरण गर्ने पहिलो हलिउड फिल्म ‘लण्डन ह्याज फलेन’ यही शुक्रबार देखी रिलिज हुँदै छ।

एक्सन जनराको यो फिल्ममा अभिनेता ग्रेड बुटलर,मोर्गन फ्रिम्यान,एन्जिला बस्सेट,आरोन ईकहार्ट लिड रोलमा रहेका छन्। दर्शना आर्टसका प्रबन्ध निर्देशक गोबिन्द सापकोटाले हलिउड सिनेमा बितरणलाई निरन्तरता दिने जानकारी गराए।

सोहि दिन भुवन केसीको ‘ड्रिम्स’ र दिनेश डिसीको ‘फुलै फुलको मौषम तिमीलाई’ रिलिज हुँदै छन्। यि दुई सिनेमा बिच ब्यबसायिक प्रतिस्प्रर्धा हुने देखिएको छ।

दर्शनाले बितरण गर्न लागेको हलिडउ सिनेमाले पनि राम्रो ब्यापार गर्ने आशा गरिएको छ। पछिल्लो समय नेपाली दर्शकहरु हलिउड सिनेमा प्रति निक्कै आकर्षित हुन थालेका छन्।

SUBSCRIBE 👉