सौगात सँग रिस्ता र सुरविनाले लुकामारी खेल्ने


Surbina Karki Saugat Malla Rista Basnet

Surbina Karki Saugat Malla Rista Basnet

अभिनेता सौगात मल्लले दुई अभिनेत्री रिस्ता बस्नेत र सुरविना कार्की सँग जेठ २८ गते लुकामारी खेल्ने भएका छन्। श्रीराम दाहाल निर्देशित चलचित्र ‘लुकामारी’ को प्रदर्शन मिति २०७३ साल जेठ २८ गते तय भएको छ। चलचित्रमा सौगात, रिस्ता र सुरबिना संगै कर्मा, विक्रम सिंह थारु, जे.वी.डीसी, कृष्णभक्त महर्जन, प्रवण भुषाल र कुशल विष्ट मुख्य भूमिकामा छन्।

अपराध मनोविज्ञानलाई हाँस्य तवरले यो चलचित्रको निर्माण गरिएको छ। चलचित्रमा सुसन प्रजापतिको छायांकन, विनोद खतिवडाको लेखन, कृष्ण भण्डारीको सम्पादन, विकास सिलवालको संगीत, अमृत महरठ्ठाको श्रृङ्गार छ। ग्लेज इन्टरटेन्मेन्ट प्रालीले निर्माण गरेको यो चलचित्रमा सुरजमान सिंह भण्डारीले लगानी गरेका छन्। काठमाण्डौमा सुनिल मानन्धर र काठमाण्डौ बाहिर एफडी कम्पनीले चलचित्रको वितरण गर्ने भएको निर्माणपक्षले जानकारी दिएको छ।

SUBSCRIBE 👉