ट्रेलर सार्वजनिक भए संगै युट्युब पाएको भिउ मार्फत हौसिएको चलचित्र ‘हाउ फन्नी’ को भिडियो गीत सार्वजनिक भएको छ। सार्वजनिक ‘शिरै मा सिरबंदी’ बोलको गीतमा नायिका प्रियंका कार्कीलाई फिचरिंग गरिएको छ। बसन्त सापकोटाको शब्द / संगीत रहेको गीतमा स्वर मेलिना राइको छ। गीतमा प्रियंकालाई गाउले परिवेश कि युवतीको रुपमा प्रस्तुत गरिएको छ।
रेनशा वान्तवा राइको कोरियोग्राफी रहेको गीतमा प्रियंकालाई पुराना चर्चित गीतहरुमा देखिएकी नेपाली अभिनेत्रीहरुको शैलीमा प्रस्तुत गरिएको छ। ‘तिम्रो मन त चक्कु छुरी’ – नायिका रेखा थापा, ‘उडी उडी जान्छ मन’ – नायिका करिष्मा मानन्धर, ‘गोलि शिशा को’ – अभिनेत्री दीपाश्री निरौला र ‘तिर्खा लागे निरमाया’ – रेखा थापा कै पहिरनको आधारमा प्रियंकाको पहिरन र नृत्य शैलीलाई तयार परिएको हो।
पुर्व मिस नेपाल माल्भिका सुब्बा कार्यकारी निर्मात्री रहेको यो चलचित्रलाई निलु डोमा शेर्पाले निर्देशन गरेकी हुन्। दयाहाङ राई, प्रियंका कार्की, निशा अधिकारि, केकी अधिकारि, अनुप बिक्रम शाही, विजय बराल, शिशिर राना लगायतका कलाकारहरु चलचित्रको मुख्य भूमिकामा छन्। आङ नुर शेर्पा, छिरिङ लामु शेर्पा र निमा टासी शेर्पाको लगानी रहेको चलचित्रमा पटकथा शान बस्न्यात को रहेको छ। कमेडी जनराको यो चलचित्रको रिलिज मिति २०७३ बैशाख १० तोकिएको छ।