लुकामारी खेल्दै ग्याँस बोक्दै सौगात मल्ल


अभिनेता सौगात मल्ल पर्दामा भिन्न भिन्न चरित्र निर्वाहा गर्न अग्रसर छन्। धेरै फिल्ममा धेरै थरीका पात्रको भूमिकामा देखिएका सौगातलाई अब भने नयाँ निर्देशक श्रीराम दाहालले भिन्न अवतारमा प्रस्तुत गरेका छन्।

Saugat Malla | Nepali Movie LUKAMARI

Saugat Malla | Nepali Movie LUKAMARI

जेठ २८ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘लुकामारी’मा सौगातको लुक झल्कने गरि फस्टलुक सार्वजनिक गरिएको छ। सुरजमान सिंह भण्डारीको निर्माणमा तयार भएको यो फिल्ममा सुसन प्रजापतिको छायांकन, कृष्ण भण्डारीको सम्पादन, विनोद खतिवडाको पटकथा तथा संवाद, अष्ट महर्जनको एक्सन, रेनिशा राइको नृत्य निर्देशन, विकास सिलवालको संगीत छ। फिल्ममा सौगात मल्ल, कर्मा, सुरविना कार्की, रीस्ता बस्नेत, विक्रम सिंह थारु, जेवीडीसी, बसन्त भट्ट मुख्य भूमिकामा छन्।

फिल्मले अपराध मनोविज्ञानलाई हाास्य शैलीमा प्रस्तुत गरेको निर्माता भण्डारी बताउाछन्। फिल्म हेरुन्जेल दर्शकले पूर्ण मनोरञ्जन लिदै नयाा स्वाद पाउने उनले बताए। अभिनेता सौगात मल्ल ग्यास सिलिन्डर बोकेर उभिएको फस्टलुकले दर्शकमा अझ कौतुहलता बढाउने देखिएको छ।

SUBSCRIBE 👉