मिथिलायन ग्यालरीमा चलचित्र राहदानीको चित्रहरु


काठमाडौंको ठमेल स्थित ‘मिथिलायन ग्यालरी’ सोमबारबाट चलचित्र राहदानीमय भएको छ । यही १२ चैतबाट देशभरी प्रदर्शनीमा आउने यो चलचित्र हेरेर ३५ जना कलाकारले तयार पारेका ३५ थान चित्रहरु सो ग्यालरीमा सोमबारबाट प्रदर्शनीका लागि राखिएको छ।

सोमबार बिहान चलचित्र विकाश बोर्डका अध्यक्ष राजकुमार राईले सो प्रदर्शनीको उद्घाटन गरे। चलचित्र राहदानी कलात्मक बनेको र चलचित्र हेरेर कलाकारहरुले बनाउनु भएको चित्रले राहदानी चलचित्रलाई अझ नजिकबाट बुझ्न दर्शकलाई सघाउने भनाई अध्यक्ष राईले कार्यक्रममा राखे,‘चित्रहुँदै चलचित्रको विकाश भएकाले चलचित्र र चित्रको आपसी सम्बन्ध रहेको छ।Nepali Movie news

बैदेशिक रोजगार व्यबसायी संघका पूर्व अध्यक्ष बलबहादुर तामाङले बैदेशिक रोजगारका विभिन्न पक्षलाई राहदानीले उठाएको र चलचित्र हेरेर बनाईएको चित्रले अझ धेरै कुरा कलात्मक रुपमा भनेको धारण राखे।

कला समीक्षक रमेश खनालले चलचित्र र चित्रलाई जोड्ने काम राहदानीबाट भएको छ भने । उनले प्रदर्शनीमा राखिएको चित्रहरु यथार्थ, अर्धमुर्त र मुर्ध तीन शैलीकै भएको बताए । अग्रज कलाकार राधेश्याम मुल्मीले राहदानी अहिलेको समाजको युवाहरुको चित्रण भएको र यो चलचित्र हेरेपछि बैदेशिक रोजगारका सकरात्मक र नकरात्मक दुबै पक्ष बुझ्न पाएको जानकारी गराए । कलाकारले बनाएका चित्र राहदानी जस्तो सन्देशमुलक भएको पनि उनले बताए।

प्रदर्शनीमा ३५ थान चित्रहरु राखिएका छन् । ती चित्रहरु अग्रज देखि नयाँ पुस्तासम्मका कलाकारहरुले तयार गरेका हुन् । मिथिलायन ग्यालरीमा राखिइको चित्रहरु राधेश्याम मुल्मी, रमेश खनाल, नरेन्द्र बहादुर श्रेष्ठ, प्रदीप अधिकारी, भिम श्रेष्ठ, नर बहादुर बिके, एन बि गुरुङ, सुमन श्रेष्ठ, अजित शाह, लालकाजी लामा, राजन काफ्ले, नारदमणी हार्तमछाली, धनु याख्खा, बिनिता इजमले तयार गरेका हुन्।

ग्यालरीमा हरिओम मेहता, सन्तोष राई, केशब खनाल, अनिता खनाल, राजेन्द्र कुँवर, राम ब. ठाडा, प्रितम थापा, देबेन्द्र थुम्केली, बिक्कु थापा, डी राम पाल्पाली, महेश आचार्यले तयार गरेका चित्रहरु पनि रहेको छ । यस्तै डिबी भण्डारी, श्यामसुन्दर यादब, मन गुरुङ, डि बराल, संजय बान्तवा, धोर्जे गुरुङ लामा र राहदानीका निर्देशक डब्बु क्षत्री समेतले तयार गरेको चलचित्रहरु प्रदर्शनीमा छन्।

SUBSCRIBE 👉