एकै मितीमा रजनीका दुई चलचित्र रिलीज हुने !


राम्रो ब्यानरका चलचित्रमा अभिनय गर्दा समेत खासै सफलता पाउन नसकेकी नायीका रजनी केसीले अभिनय गरेका दुई चलचित्र एकै मितीमा रिलीजमा आउने भएका छन् ।rajani-kc

भदौ १७ मा उनले अभिनय गरेका दुई चलचित्र ‘ब्रासलेट’ र ‘लालजोडी’ रिलीज हुँदैछ । दुबै चलचित्रमा लिड अभिनयमा अभिनेत्री रजनी केसी आफैबीच प्रतिस्पर्धा हुनेछ ।

सञ्चारकर्मी लक्ष्मण सुवेदी निर्देशित ‘लालजोडी’मा रजनीको साथमा आयुष्मा कार्की, बुद्धि तामाङ , मधुसुदन पाठक, पुरन थापा, सुजन घिमिरे, किशोर भण्डारी, रेश्मा भण्डारी, सिपी पौड्याल, गोविन्द कोइराला, यादव पुँडासैनीको अभिनय रहेको छ ।

यस्तै निर्मल शर्माले निर्देशन गरेको ‘ब्रासलेट’ मा रजनीसँगै बर्षौंपछि नेपाली पर्दामा फर्केका अभिनेता रमेश उप्रेतीको प्रमुख भुमीका रहेको छ ।

SUBSCRIBE 👉