जेठ २१ मा लाग्नेछ अनमोल र श्रृष्टीको ‘गाजलु’


चलचित्र गाजलुको रिलिज मिति सार्वजनिक गरिएको छ । अब चलचित्र ‘गाजलु’ जेठ २१ गते प्रदर्शनमा आउने भएको छ । अनमोल केसीले अभिनय गरेको चौथो चलचित्र सुरुमा वैशाख २४ मा रिलीज हुने भनिएता पनि रिलीज हुन् सकेन् ।

gajalu-nepali-Movie

चलचित्रमा अनमोल केसी, सलोन बस्नेत, गौरी मल्ल, गौरव पहारी, श्रृष्टी श्रेष्ठ, मेनुका प्रधान मुख्य भूमिकामा छन् । हेमराज विसीले निर्देशन गरेको यो चलचित्रलाई रोहित अधिकारीले निर्माण गरेका हुन् । एफडी वितरक गर्ने यो चलचित्रलाई एफडीले राम्रै ‘एमजी’ पनि दिइसकेको छ ।

हाल अनमोलले अभिनय चलचित्रहरुले सफलता पाइहरेको बेला चलचित्र ‘गाजलु’ समेत सफल हुनेमा निर्माता रोहित दुक्क देखिन्छन् ।

SUBSCRIBE 👉