चलचित्र हिट तर रहेन निर्देशक र निर्माताको सम्बन्ध फिट


चलचित्र प्रेम गीतले यतिबेला सफलता पाइसकेको छ । तर यतिबेला यसै चलचित्रका निर्देशक सुदर्शन र निर्माता सन्तोस सेनको सम्बन्ध भने छातिसको आकडामा पुगिसकेको छ । कुनै समय हरेक ठाउमा संगै देखिने यी दुई यतिबेला भने आफ्नै चलचित्रको कार्यक्रममा समेत संगै देखिदैनन् ।

बिहीबार ओभरसिज राइटस् बारे जानकारी दिन राखीएको एक कार्यक्रममा समेत निर्देशक सुदर्शन थापा आएनन् यसबाट पनि प्रस्टै हुन्छ निर्दशन र निर्माताको सम्बन्ध कहाँ सम्म पुगेको छ भनेर । दुई चलचित्र चंखे शंखे पंखे र प्रेम गीतमा सहकार्य गरेका यी दुई निर्माता र निर्देशकको अबभने सहकार्य नहुने देखिन्छ ।Sudarshan-thapa-santosh-sen

हुन त निर्देशक सुदर्शनले संगै काम गरेका कुनै पनि निर्माता संग राम्रो सम्बन्ध बनाउन सकेका छनन् त्यसैले उनि चलचित्र राम्रो बनाउने तर सम्बन्ध टिकाउन नसक्ने निर्देशकको रुपमा समेत उनि चिनिन्छन् । चलचित्रमा धेरै खर्च गराउनाले उनको सम्बन्ध निर्माताहरु संग राम्रो हुन नसकेको भन्नेहरु पनि धेरै छन् ।

१ करोड भन्दा धेरै लगानीमा बनेको चलचित्र चंखे शंखे पंख ले सफलता नपाएपछि सन्तोस र सुदर्शन बीच केही फाटो आइसकेको थियो तरपनि चलचित्र प्रेम गीतको केही काम भैसकेकाले प्रेम गीत बन्न पुग्यो । तर चलचित्र हिट हुदापनि कीन निर्माता सन्तोस र निर्देशक सुदर्शनको सम्बन्ध फिट रहन सकेन ? सबैको चासोको बिषय बनेको छ ।

प्रेम गीतले ५१ दिन मनाउन लाग्दा यी निर्माता र निर्देशकको सम्बन्ध भने २ बर्ष मनाउदै सकिएको हो ।

SUBSCRIBE 👉