भारतको दुस्प्रयासमाथी धावा बोल्ने चलचित्र ‘जन्मभूमि’


janma-bhumi-001मोहन निरौलाको लेखन तथा निर्देशनमा बनेको चलचित्र जन्मभुमीे चैत्र १९ गते बाट प्रदर्शन हुने भएको छ। स्वाभिमानी नेपालीको सार्वभौम सत्ता र राजनीतिमाथी भारतले सदियौंदेखि गर्दै आएको हस्तक्षेप, सिमा अतिक्रमण, नाकाबन्दी र नेपाललाई उपनिवेश जस्तो बनाउन खोज्ने भारतको दुस्प्रयासमाथी धावा बोल्दै चलचित्र ‘जन्मभूमि’ तयार पारिएको छ।

झण्डै २० बर्ष अगाडी निर्माण तथा प्रदर्शन गरिएको चलचित्र ‘जन्मभूमी’लाई पुनः नयाँ परिवेष र पात्रहरुको चयन गर्दै राष्ट्रियता विरुद्ध षडयन्त्र र खाइखेली गर्ने दलालहरुलाई जनताले कुनैपनि हालतमा छोड्दैनन् भन्ने सन्देश दिनेगरी सोही नामको चलचित्र दर्शकसामु ल्याउने प्रयास गरीएको लेखक तथा निर्देशक मोहन निरौलाले जानकारी दिए।

janma-bhumi-002चलचित्रको निर्माणमा निर्माता सुरज गिरी, कार्यकारी निर्माता लक्ष्मी शर्मा र सह-निर्माता कविता निरौलाको योगदान रहेको छ। चलचित्रमा विनोद श्रेष्ठ, अनु शाह, निश्मा घिमिरे, ओम प्रतिक, केशव भट्टराई, उत्तम केसी, सगुन श्रेष्ठ, रमेश अधिकारी, बिएस लामिछाने र मोहन निरौलाको अभिनय छ। चलचित्रमा विश्वकै कान्छा निर्देशक तथा बाल कलाकार सौगात विष्ट एवं नव कलाकारको रुपमा जेवीका कार्की र अग्रीम गीरी रहेका छन्।

चलचित्रमा चेतन कार्की, पुण्य निरौला एवं शान्तिप्रियले गीत लेखेका छन्। युवराज राईको छायाङकन, शंकर विसीको नृत्य निर्देशन, बिपिन मल्ल को सम्पादन एवं अष्ट महर्जनको द्वन्द्व रहेको छ। चलचित्र जन्मभुमीका कास्टिङ डाइरेक्टर पत्रकार शान्तिप्रिय हुन्।

SUBSCRIBE 👉